प्रतिबन्धित औषधी र ब्राउन सुगरसहित आठ जना पक्राउ

0
2

विराटनगर ।

झापा, मोरङ, सुनसरी र उदयपुरको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक–५ का रणबहादुर मगरलाई दुई ग्राम २२० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।

चेकजाँचकै क्रममा प्रहरी चौकी कर्सियाले धनपालथान गाउँपालिका–२ का राजिव चौधरी र सियाराम चौधरीलाई १३ ग्राम ३१ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

यसैगरी उदयपुरको प्रहरी चौकी लालपत्ताले त्रियुगा नगरपालिका–१३ का ससिकान्त चौधरीलाई तीन ग्राम ३५ मिलिग्राम, त्रियुगा–४ का दाबेन्द्र मगर र त्रियुगा–९ का प्रेम चौधरीलाई १० ग्राम ०८९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

त्यस्तै सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले कोशी गाउँपालिका(१ स्थितबाट उदयपुरको बेलका नगरपालिका–९ का कमलेश बस्नेतलाई सात ग्राम १२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने वडा प्रहरी कार्यालय धरानले धरान–१० का निरफुङ बस्नेतलाई प्रतिवन्धित औषधी ट्रमाडोल २३० चक्की र स्पासपेन २० क्याप्सुल सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here