सुन्दरहरैंचा(मोरङ),

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेशको आयोजनामा मोरङको सुन्दरहरैंचा – १२ स्थित श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुलमा कोशी प्रदेशस्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रममा नेशनल प्याब्सन कोशी प्रदेशका कार्यवाहक अध्यक्ष कमल खनालको अध्यक्षता तथा नेशनल प्याब्सनका पूर्व अध्यक्ष कर्णबहादुर शाहीको प्रमुख आतिथ्यता रहेको थियो ।
नेशनल प्याब्सनमा आबद्ध मध्य कोशीका २२ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगिताले विद्यार्थीहरूको आत्मविश्वास, विचार अभिव्यक्ति क्षमता, नेतृत्व विकास तथा राम्रो अक्षर लेख्ने बानीको विकासमा महत्वपूर्ण भूमिका खेल्ने कोशी प्रदेशका कार्यवाहक अध्यक्ष कमल खनालले बताए।
कोशी प्रदेश मै पहिलो पटक प्रदेश स्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता आयोजना गर्दै, अबो प्रदेशले थप ससक्त ढङ्गले यस्ता कार्यक्रम केन्द्र सग समन्वय गरेर गर्ने नेशनल प्याब्सनका पूर्व अध्यक्ष कर्णबहादुर शाहीले बताए।
प्रतियोगिता अन्तर्गत नेपाली हस्तलेखन तर्फ अरिहन्त इङ्लिस बोर्डिङ स्कुल प्रथम, जेभियर इङ्लिस बोर्डिङ स्कुल दोस्रो, हिमालय इङ्लिस बोर्डिङ स्कुल तेस्रो र इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुल सान्त्वना भएका छन् भने, अङ्ग्रेजी हस्तलेखनतर्फ मोरङ ज्ञानोदय इङ्लिस स्कुल प्रथम, हिमालय इङ्लिस बोर्डिङ स्कुल दोस्रो, लालीगुराँस इङ्लिस स्कुल तेस्रो र आभा बोर्डिङ स्कुल सान्त्वना भएका छन् ।
‘जेन–जी आन्दोलन’ विषयमा आधारित वक्तृत्वकला प्रतियोगितामा इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुल प्रथम, मोरङ ज्ञानोदय इङ्लिस स्कुल दोस्रो, हिमालय इङ्लिस बोर्डिङ स्कुल तेस्रो र अरिहन्त इङ्लिस बोर्डिङ स्कुल सान्त्वना भएका छन् ।
कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारी, उपाध्यक्ष कुमार भट्टराई, महासचिव प्रताप बहादुर थापा, सदस्य नारायण ढकाल, लगायत सुनसरी, मोरङ, झापा र धनकुटा, उदयपुर पदाधिकारी विद्यार्थी लगायतको सहभागीता रहेको थियो ।





























