छुरा प्रहार गरी हत्या गरेको आरोपमा बृद्ध पक्राउ

0
46

पाँचथर ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ खामेलकका ३६ बर्षीय प्रेमराज आङदेम्बेलाई छुरी प्रहार गरी हत्या गरेको आरोपमा सोही स्थानका ८२ बर्षीय वर्ण सिंह आङदेम्बेलाई प्रहरीले पक्राउ गरेको छ ।

वर्ण सिंह आङदेम्बेको घरमा सामान्य बादविबादको क्रममा प्रेमराज आङदेम्बेलाई छुरी प्रहार गर्दा उनको घट्नास्थलमानै मृत्यु भएको थियो ।

घटनाको जानकारी प्राप्त हुनसाथ तत्काल प्रहरी चौकी आङसाराङबाट खटिएको प्रहरी टोलीले वर्ण सिंह आङदेम्बेलाई छुरीसहित नियन्त्रणमा लिएको थियो ।

कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरिक्षक अनिश कुमार कर्ण सहितको प्रहरी टोली खटिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here