लागूऔषध सहित तीन जना पक्राउ

0
53

सुनसरी ।

सुनसरीको छुट्टा–छुट्टै दुई स्थानबाट लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहाबाट बा १८ च ३८३४ नम्बरको कारको पछाडीको सिट र डिक्कीमा कालो प्लाष्टिक भित्र पाँच वटा पोकामा लुकाईछिपाई राखेको एक सय ३० किलोग्राम गाँजा बरामद गरेसगै कार चालक ईटहरी–१७ पकलीका २४ बर्षीय करण साह र कारमा सवार मोरङको विराटनगर–५ का २१ बर्षीय सचिन मेहतालाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै अस्थायी प्रहरी बिट जोरसखुवाले धरान–१६ बाट सोहि स्थानका २९ बर्षीय बिष्णु सुब्बालाई लागूऔषध ट्रामाडोल पाँच सय २५ क्याप्सुल र डिक्लोमाईन पाँच सय २५ ट्याब्लेट सहित पक्राउ गरेको हो ।

लागूऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here