आज मंसीर २९ गते सफला एकादशी परेको छ । पौष कृष्णपक्ष एकादशी तिथीलाई सफला एकादशीका नामले चिनिन्छ । यो एकादशीको विधिपूर्वक व्रत राख्नाले सम्पूर्ण योजनाहरु सफल हुने भएकाले यसको नाम सफला (सफल गर्नेवाला) अर्थात् सफला रहन गएको हो । हरेक महिनाका शुक्लपक्ष र कृष्णपक्षका ११औं तिथिलाई दुई एकादशी भन्दछन् । पूर्णिमापछि आउने एकादशी तिथीलाई कृष्णपक्षको एकादशी भनिन्छ भने औंशी वा अमावश्यपछि आउने तिथिलाई शुक्लपक्षको एकादशी तिथी भनिन्छ । हिन्दु सनातन सम्प्रदायमा यी दुबै प्रकारका एकादशी तिथीहरुको धेरै महŒव रहेको छ ।
एकादशीको व्रतलाई महाव्रत पनि भनिन्छ । अन्य व्रतहरुको तुलनामा एकादशी व्रतको महŒव अधिक रहेको बताइन्छ ।
अधिक वर्ष र शुद्ध वर्षमा एकादशीको संख्या फरक–फरक हुन आउँछ । चन्द्रमासका हिसाबले हरेक महिनाका कृष्णपक्ष र शुक्लपक्षमा एक–एक गरी एक महिनामा दुईवटा र वर्षभरीमा २४ वटा एकादशी हुन्छन् । तर मलमास वा अधिक मासमा अरु दुईवटा एकादशी थपिएर जम्मा २६ वटा एकादशी हुन्छन् । यदि एकादशी तिथी दुई दिन परेको भए शैवमार्गीहरुले पहिलो दिन र वैष्णवहरुले दोश्रो दिन एकादशी व्रत राख्छन् ।
सबै एकादशीहरु उत्पत्तीका कथा, महŒव र व्रत विधिहरु बताइएको छ । एकादशी व्रत भगवान विष्णुको पूजा र उपासनाका लागि समर्पित गरिन्छ । व्रतमा भगवान विष्णुको पूजा र कथा श्रवण गरिन्छ । सबै प्रकारको सुख प्रदान गर्ने व्रतका रुपमा एकादशी पर्वलाई मानिन्छ । एकादशी व्रतका प्रभावले व्यक्तिका सबै पाप र दुर्गुणहरु नाश भएर जान्छन् र यसको विधिपूर्वक राखिएको व्रतका कारण विष्णुको कृपा प्राप्त हुन्छ । एकादशी व्रतको महŒवका बारेमा पद्म पुराणमा उल्लेख गरिएको छ ।
‘स्वर्गमोक्षप्रदा हृोषा शरीरारोग्यदायिनी ।
कलत्रसुतदा हृोषा धनमित्रप्रदायिनी ।।
न गंगा न गया राजन न च काशी च पुष्करम् ।
न चापि कौरवं क्षेत्रं पुण्यं भूपहरेर्दिनात् ।।’
एकादशी स्वर्ग मोक्ष, आरोग्य, सुभार्या एवम् सुपुत्र प्रदान गर्ने उत्तम व्रत हो । हे राजन ! गंगा, गया, काशी, पुष्कर र कुरुक्षेत्र यी पुण्यक्षेत्र मध्ये कुनै एउटा क्षेत्रको तुलना एकादशीका साथमा हुन सक्दैन । यस श्लोकमा उल्लेख गंगा नदी र अन्य तीर्थ क्षेत्रहरु हरेक दिनको प्रातःकालमा स्मरण गर्ने गरिन्छ । यी नदी र तीर्थको नाम लिनासाथ तीर्थस्नानको फल प्राप्त हुने विश्वास गरिन्छ । तर, यस्ता पवित्र तीर्थ स्थलहरु मध्ये एकादशीसँग एउटा स्थानको पनि तुलना नहुने बताइएको छ । अर्थात एकादशीको महŒव ती सबैभन्दा उच्च छ ।
सफला एकादशीको पूजाका लागि पूजा सामग्रीः गंगाजल वा शुद्ध जल, चामल, चन्दन, तुलसी दल, पञ्चामृत, धूप, दीप, फल, मिठाई, पहेँला पूmलहरु, पूजा थाली, कलश, नैवेद्यका लागि नरिवल वा सुपारी, विष्णु लक्ष्मीको प्रतिमा वा तस्वीर ।
सफला एकादशीको व्रतविधिः ब्रम्ह मुहूर्तमा उठेर स्नानादिद्वारा चित्त र शरीर शुद्ध गरेपछि सफा÷चोखो वस्त्र पहिरिने र संकल्प गर्ने, ‘म भगवान विष्णुको कृपा प्राप्त गर्नका लागि सफला एकादशीको व्रत गर्दछु ।’ त्यसपश्चात क्रमैसँगले कलश स्थापना, भगवान विष्णु र लक्ष्मीको आह्वान, अभिषेक स्नान, वस्त्र र आभूषण, तुलसी अर्पण, धूप–दीप र नैवेद्य अर्पण गरेर विष्णु मन्त्र पाठ– ॐ नमो भगवते वासुदेवाय या विष्णु सहस्रनाम पनि पाठ गर्न सकिन्छ ।
सफला एकादशी पूर्ण व्रतक्रमः तपाईको स्वास्थ्य अवस्था अनुसार दिनभर निराहार, जलाहार वा फलाहार व्रत गर्न सक्नुहुनेछ । मांस मदिरा वा तामसी भोजनबाट टाढा रहनुपर्दछ । क्रोध र लोभलाई त्यागेर बढीभन्दा बढी समय भक्ति, ध्यान र जपमा व्यतीत गर्नुपर्दछ । साँझमा श्रीहरीको आरती गर्नुपर्दछ । सम्भव भएसम्म रात्रिमा जागरण गर्ने र भजनकीर्तन गर्ने । भोलिपल्ट द्वादशीका दिन सूर्योदयपश्चात भगवानको पूजा गर्ने, ब्रम्हाण वा अशक्तहरुलाई भोजन, अन्न, वस्त्र आदि दान गर्नुपर्दछ र व्रतालुले सादा, सात्विक भोजनद्वारा व्रत पारण गर्नुपर्दछ ।
सफला एकादशी व्रतको लाभ ः कार्यसिद्धी, सफलता र सौभाग्य वृद्धि, मनको शान्ति र मानसिक बल, आर्थिक बाधामा कमी, पाप र दोषको निवारण, परिवारमा सुख र समृद्धि ।
सफला एकादशीको कथा ः महाराज युधिष्ठिर श्रीकृष्णसँग भन्नुहुन्छ– हे जानर्दन ! पौष कृष्ण एकादशीको नाम के हो ? यसदिन कुन देवताको पूजा गरिन्छ र त्यो पूजाको पूजाविधि के हो? कृपा गरेर मलाई बताइदिनुभए कृतज्ञ हुने थिएँ । भक्तवत्सल भगवान श्रीकृष्ण भन्नुहुन्छ– हे धर्मराज, तिम्रो स्नेहका कारण अत्यन्त प्रसन्न भएर यस एकादशीका बारेमा बताउँदैछु । यसलाई अत्यन्त श्रद्धा र भक्तिका साथ श्रवण गर । यस एकादशीको नाम सफला एकादशी हो । यस एकादशीका देवता श्री नारायण हुनुहुन्छ । यस व्रतलाई विधिपूर्वक गर्नुपर्दछ । जसरी नागमा शेषनाग, पंक्षीमा गरुड, ग्रहमा चन्द्रमा, यज्ञमा अश्वमेध र देवतामा भगवान विष्णु श्रेष्ठ हुनुहुन्छ त्यस्तै सबै व्रतहरुमध्ये एकादशीको व्रत श्रेष्ठ छ । जो मानिस सदैव एकादशीको व्रत गर्दछ, ऊ मेरो परम् प्रिय बन्दछ । अब यस एकादशीको कथा सुनाउँदैछु, ध्यानपूर्वक सुन ।
चम्पावती नगरीमा एक महिष्मान नाम गरेका राजा राज्ग गर्थे । उनका चार भाइ छोराहरु थिए । ती मध्ये लुम्पक नाम गरेको जेठो छोरो महापापी थियो । त्यो पापी सदैव परस्त्रीगमन गर्दथ्यो । नचाहिँदो काममा पिताको धन नष्ट गरिदिन्थ्यो ।
सदैव देवता, ब्रम्हाण र वैष्णवहरुको निन्दन गर्दथ्यो । जब राजालाई आप्mनो जेठो छोराका यी कुकर्महरुबारे थाह भयो, उनले उसलाई आप्mनो राज्यबाट निकाला गरिदिए । ऊ कहाँ जाउँ ? कसो गरु भनेर सोचमग्न भयो ।
अन्त्यमा उसले चोरी गर्ने निश्चय ग¥यो । दिनमा ऊ वनमा बस्ने र राति आप्mना पिताको नगरीमा चोरी गर्ने र प्रजालाई दुःख दिने जस्ता कुकर्म गर्न थाल्यो । ऊ वनमा रहेर पशुहरुलाई मारेर खान थाल्यो । नागरिक र राज्यका कर्मचारीहरु उसलाई पक्डिन्थे तर राजाको डरले छोदिडिन्थे । वनमा एक अतिप्राचिन विशाल पीपलको वृक्ष थियो । मानिसहरु त्यस रुखलाई भगवान समान पूजा गर्दथे । महापापी लुम्बक त्यही वृक्षमुनी बस्ने गर्दथ्यो । यस वनलाई मानिसहरु देवीदेवताको क्रिडास्थल मान्दथे । केही समयपश्चात पौष कृष्णदशमीका राती ऊ वस्त्रहीन थियो । पहिरिनका लागि ऊसँग कुनै वस्त्र थिएन । अत्यन्त चिसोका कारण ऊ रातभरी सुत्न सकेन । उसका हातपाउ सबै कठ्याङ्ग्रिएका थिए ।
बिहान सूर्योदय हुँदासम्ममा ऊ मुर्छित भइसकेको थियो । दोस्रो दिन एकादशीको मध्यान्हको समयमा सूर्यको न्यानो फैलिएपछि ऊ मुर्छाबाट बिउँझियो । लड्दैपड्दै भोजनको खोजीमा भौँतारियो । सधैँ जस्तो पशुलाई मारेर खाने सामाथ्र्य थिएन । त्यसैले वृक्षाबाट झरेका फलहरु टिपेर उही पीपलको वृक्षमुनी आयो । त्यस समयसम्ममा सूर्यास्त भइसकेको थियो । त्यही वृक्षको मुनी ती फलहरु राखेर भन्न लाग्यो, हे भगवान ! यी फलहरु हजुरलाई नै अर्पण गर्दछु । यी फलहरुद्वारा हजुर नै तृप्त हुनुहोस् । हिजो राती पनि अत्यन्त दुःखका कारण निन्द्रा आएन ।
उसको त्यो उपवास र जागरणले भगवान अत्यन्त प्रसन्न हुनुभयो र उसका सारा पाप नष्ट गरिदिनुभयो ।
दोस्रो दिन बिहान एक अति सुन्दर घोडा अनेक सुन्दर वस्तुहरुले सजिसजाउ भएर उसको सामुन्ने आएर उभियो । त्यही समय आकाशवाणी भयो, हे राजपुत्र ! श्रीनारायणको कृपाद्वारा तेरा सम्पूर्ण पापहरु नष्ट भएर गए । अब तँ आप्mनो पिता कहाँ गएर आप्mनो राज्य प्राप्त गर् । यस्तो वाणी सुनेर ऊ अत्यन्त प्रसन्न भयो र दिव्य वस्त्र धारण गरेर, भगवानको जय हो भन्दै आप्mनो पिताकहाँ गयो । उसको पिता प्रसन्न उसलाई समस्त राज्य सुम्पिदिए र आपूmले सन्यास लिए ।
लुम्पक शास्त्रानुसार राज्य गर्न लाग्यो । उसका स्त्री, पुत्र लगायत सारा कुटुम्ब भगवान नारायणका परम् भक्त भए । राज्य गर्दा गर्दै लुम्बक पनि वृद्ध भएका कारण आप्mनो पुत्रलाई राज्यभार सुम्पिएर ऊ पनि वनमा तपस्या गर्न गयो र अन्त्यमा बैकुण्ठ प्राप्त ग¥यो । त्यसैले जो मनुष्य यस परम् पवित्र सफला एकादशीको व्रत गर्दछ, उसलाई अन्तिममा मुक्ति मिल्दछ । जो मनुष्य यस एकादशी व्रतको पलना गर्दैन, ऊ सिंङ् र पुच्छर नभएको पशु झैँ अशोभनीय हुन्छ । यस सफला एकादशीको महात्म्य पढ्ने वा श्रवण गर्नाले मनुष्यलाई अश्वमेध यज्ञको फल प्राप्त हुन्छ ।


























