‘दिन्स ब्रेन एण्ड स्पाइन क्लिनिक’ सञ्चालनमा, विशेषज्ञ न्युरोसर्जरी सेवा उपलब्ध

0
103

बिर्तामोड, झापाको बिर्तामोडमा दिन्स ब्रेन एण्ड स्पाइन क्लिनिकले मस्तिष्क तथा मेरुदण्डसम्बन्धी विशेषज्ञ उपचार सेवा शुरु गरेको छ ।
न्युरोसर्जन डा. दिग्गज श्रेष्ठको नेतृत्वमा सोमवारबाट विशेषज्ञ उपचार सेवा क्लिनिकले शुरु गर्दै अत्याधुनिक प्रविधिसहित बिरामीलाई गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन थालेको हो ।
हरेक दिन साँझ ५ बजेदेखि राति ९ बजेसम्म पारिवारिक वातावरणमा सेवा उपलब्ध गराइने डा. श्रेष्ठले जानकारी दिए । उनका अनुसार क्लिनिकबाट टाउको दुखाइ तथा माइग्रेन, ढाड तथा कम्मर दुखाइ, पक्षघात (स्ट्रोक), मिर्गी, मस्तिष्क तथा मेरुदण्डका ट्युमर, मस्तिष्कका रक्तनलीसम्बन्धी रोग, टाउको तथा मेरुदण्डको चोट, मेरुदण्डको क्षयी रोग, जन्मजात मेरुदण्डसम्बन्धी समस्या तथा परिधीय स्नायुका कार्यगत समस्याहरूको उपचार सहितको परामर्श सहितको गुणस्तरीय सेवा उपलब्ध गराइने छ ।
क्लिनिकले प्रत्येक बिरामीलाई सुरक्षित, प्रभावकारीरुपमा गुणस्तरीय सेवा प्रदान गर्ने दिन्स ब्रेन एण्ड स्पाइन क्लिनिककी सञ्चालक नयना प्रधानले जानकारी दिइन् । स्थानीय स्तरमै गुणस्तरीय रुपमा विशेषज्ञ न्युरोसर्जरी सेवा उपलब्ध हुँदा बिरामीहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।
बिर्ता सिटी अस्पताल बिर्तामोडको न्युरोसर्जरी विभाग प्रमुखका रूपमासमेत कार्यरत डा. श्रेष्ठले विरामी र उनका आफन्तको सहजताका लागि साँझबाट सेवा प्रदान गर्ने बताएका छन् ।
सन् २०१८ मा पाकिस्तानको किङ एडवर्ड मेडिकल युनिभर्सिटीबाट न्युरोसर्जरी विषयमा एम.एस. (मास्टर अफ सर्जरी) उपाधि हासिल गरेका डा. श्रेष्ठ आफ्नो पेशागत यात्रामा १५ सय भन्दा बढी मस्तिष्क तथा मेरुदण्डको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।
विगत सात वर्षदेखि बिर्तामोडस्थित पूर्ण टुङ्ग अस्पतालमा उनी कार्यरत रहेका छन् । नेपाल न्युरोसर्जन समाजका आजीवन सदस्य डा. श्रेष्ठ जटिल स्नायु प्रणालीसम्बन्धी रोगहरूको उपचारमा दक्ष चिकित्सकका रुपमा परिचित छन् ।
डा. श्रेष्ठले नेपाल, पाकिस्तान र अन्तर्राष्ट्रिय स्तरका विभिन्न सम्मेलनमा सहभागी भई आफ्नो ज्ञान र अनुभवलाई प्रस्तुत गरेका छन् ।
अन्तर्राष्ट्रिय न्युरोसर्जिकल कोर्स, न्युरोसर्जरी सम्मेलन लगायतका कार्यक्रममा आफ्नो अनुसन्धान र प्रस्तुतीकरण गरेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here