विष्णुभगवतीको नवौं वार्षिकोत्सवमा विविध कार्यक्रम

0
61

बिर्तामोड।

झापाको बिर्तामोड-१० विराटपोखरस्थित विष्णु भगवती अंग्रेजी विद्यालयको विविध कार्यक्रमसहित नवौं वार्षिक उत्सव सम्पन्न भएको छ।

विद्यालयका संस्थापक प्रिन्सिपल पुण्यप्रसाद उप्रेतीको अध्यक्षता तथा बिर्तामोड नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख तिलचन भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु दाहाल उप्रेतीले स्वागत गरेकी थिइन्।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यालयले अभिभावकहरुको मन जित्न सफल भएको भन्दै विद्यालयको प्रशंसा गरे। उनले अझ विद्यार्थीको आवश्यकता र मनोभाव बुझेर प्रविधिमैत्री शिक्षा प्रदान गर्नेतर्फ सबैले ध्यान पुर्याउनुपर्ने बताए।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुु दाहाल उप्रेतीले शिक्षक, कर्मचारीलगायत आफूहरु लगनशील भई स्वच्छ शैक्षिक वातावरणसँगसँगै गुणस्तरीय शिक्षा तथा अतिरिक्त क्रियाकलापमा जोड दिंदै आएको बताइन्।

कार्यक्रममा विद्यार्थीहरूले गीत,नृत्यद्वारा प्रतिभा प्रस्तुत गरेका भने साना नानीहरुले रायम्स,फेसन शो, वक्तृत्वकला,कराते प्रदर्शन गरेका थिए। त्यस्तै निरज पोखरेलद्वारा लिखित तथा निर्देशित ‘हराबरा’ शीर्षकको सन्देशमूलक नाटक प्रस्तुत गरिएको थियो।

कार्यक्रममा स्थापना कालदेखि विद्यालयमा नृत्य प्रशिक्षकका रुपमा रहेका नरेन तामाङलाई सम्मान गरिएको थियो भने बिर्तामोड प्याप्सन कराते प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल विद्यार्थी समीक्षा उप्रेतीलाई पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा बिर्तामोड नगर प्याव्सनका अध्यक्ष सुुुरेन्द्र खरेल,उपाध्यक्ष अमृत बस्नेत, शिक्षकहरुकी प्रशिक्षक मिनु सुबेदीलगायतले शुभकामना मन्तव्य राखेका थिए। प्याप्सन झापाका सदस्य देवेन्द्र हुमागाईं, बिर्तामोड प्याप्सनका सचिव दिवाकर मैनाली, सह-कोषाध्यक्ष दीपक चम्लागाईं, विराट आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णकुमारी दाहाल, विव्यस सदस्य, अभिभावक लगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लिला अनमोल गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here