बुधबारे ।

झापाको बुद्धशान्ति गाउँपालिका– ५ का पूर्ववडाध्यक्ष वासुदेव खतिवडाको बार्षिक पुन्य तिथिको अवसर पारेर खतिवडा परिवारले पाँच पोखरी ज्येष्ठनागरिक चौतारीलाई ५० थान कुर्सी हस्तान्तरण गरेको छ।
जनज्योति आधारभूत विद्यालयकी पूर्व शिक्षिका समेत रहेकी हेमन्त खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा ज्येष्ठ चौतारीका अध्यक्ष एवम् पूर्व शिक्षक यादवमणी दहाल ,भेषराज पबित्रा प्रतिष्ठानका अध्यक्ष छबिलाल खतिवडा, तेराख प्रतिष्ठानका संरक्षक सञ्जय खतिवडा र सामज सेवी हरिनारायण चौधरी लगायतको आतिथ्य रहेको थियो ।
पाँचपोखरी चौतारी स्थापनामा स्व. खतिवडाको बिशेष भूमिका रहेको र परिवारका सदस्यको अनुपस्थितीमा लौरो र कुर्सीले ज्येष्ठ नागरिकहरुलाई साहाराको रुपमा काम गर्ने हुँदा चौतारीका बुवाआमालाई सम्झेर उपहार स्वरुप कुर्सी हस्तान्तरण गरिएको परिवारले जनाएको छ।
खतिवडा १९ वर्ष निरन्तर खानेपानी समिति, पाँचपोखरी वन उपभोक्ता समतिमा संस्थापक ,तत्कालिकन शान्तिनगर हुँदा र पुनसंरचना पश्चात समेत वडाध्यक्ष साथै वहुतले खेती,आधुनिक सुपारी खेती प्रणाली, माछा पालन, मठमन्दिर स्थापनामा अभियान चलाएर हिड्ने ब्यक्ति रहेको हरिनारायण चौधरीले बताए ।

कार्यक्रममा बोल्दै छविलाल खतिवडाले वडा भित्र रहेको अन्य प्रतिष्ठनहरु पबित्रा भेषराज प्रतिष्ठान,साहित्यकार तेराख प्रतिष्ठान, नबोल्ने बा स्मृति प्रतिष्ठान जस्तै वासुदेव खतिवडाको नाममा समृति प्रतिष्ठान मार्फत सामाजिक सेवालाई बिस्तार गर्दै निरन्तरता दिने र निकट समयमा वासुदेवका कर्म र गतिविधिलाई सस्थागत गर्न केही दस्ताबेज तायार पार्न सुझाव दिए ।
यसैबीच छोरी जुनु, एन्जिला, छोरा–बुहारी नितिस–अस्मिताको पहलमा स्व. खतिवडाकी श्रीमतीको कर्म स्थल रहेको जनज्योती आधारभूत विधालयका विद्यार्थी, शिक्षक र कर्मचारीका लागि दिवा भोजको समेत प्रबन्ध मिलाईएको थियो।
सामजका ज्येष्ठ नागरिकसदस्य र परिवारका सदस्य लगायतको उपस्थितिमा भएको कार्यक्रमको स्वागतसहित सञ्चालन सुरेश खतिवडाले गरेका थिए।






























