सुन्दरहरैचा(मोरङ),

स्पिन्स डान्स स्कुलको आयोजना द इन्फेरर अफ डान्स नेपाल च्यामपेन्सिप–२०८२ को उपाधि वन क्रू ओडिशाले जितेको छ। सोमबार राती मोरङको बिराटचोक एक्स्पो ग्राउण्डमा भएको ग्रान्ड फिनालीमा उपाधि वन क्रू ओडिशाले जितेको हो।
उपाधि जितेसंगै वन क्रू ओडिशाले ८० हजार नगद ट्रफी,मेडल र प्रमाणपत्र हात परेको छ। यस्तै दोश्रो स्थान हासिल गर्दै साजन गुरुङ (बुटवल) ले नगद ५० हजार र तेश्रो किशन आउजी (मुम्बई)ले जित्दै नगद ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र जितेको स्पिन्स डान्स स्कुलका डाइरेक्टर विजय थलङ लिम्बुले जानकारी दिए ।
ग्रान्ड फिनालीको जजको रुपमा राम बिष्ट रहेका थिए। फाइनल लिस्टमा २६ जना पुगेका पुगेका थिए । कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैचा वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ रहेका थिए। देशभरका उत्कृष्ट डान्स समूहहरूको सहभागिता रहेको थियो भने लोकप्रिय कलाकार रबिन भुजेलले पनि आफ्नो प्रस्तुति दिएका थिए।

स्थानीय समाजमा रहेका कला–संस्कृतिको खोजी गर्न तथा सहभागी प्रतियोगीहरूको क्षमता प्रवर्द्धन गर्ने उद्देश्यका साथ द इन्फेरर अफ डान्स नेपाल च्यामपेन्सिप आयोजना गरिएको डाइरेक्टर लिम्बूले बताए । यो कार्यक्रम पहिलो भएको बताउदै उनले आगामी बर्षहरुमा यसलाई निरन्तरता दिने उनले बताए। ग्रान्ड फिनाली दर्शकहरुको पनि उत्साहजनक उपस्थिति रहेको थियो।





























