लागू औषधसहित तीन जना पक्राउ

0
3

विराटनगर ।

सुनसरी र धनकुटाबाट लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको प्रहरी चौकी खनारबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इटहरी–१३ बाट बा ४२ प ८३८३ नम्बरको मोटरसाइकल चालक रामधुनी नगरपालिका–१ झुम्काका विशाल सरदारलाई २५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

त्यसैगरी धनकुटाको छथरजोरपाटी–६ का प्रेम गुरुङ र तेह्रथुमको लालीगुराँस–२ का तुलसी पौडेललाई ३०० मिलिग्राम ब्राउन सुगरसहित जिल्ला प्रहरी कार्यालय धनकुटाले नियनत्रणमा लिएको छ ।

लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here