हाम्रो नेपाल बचत तथा ऋण सहकारीको एकाइगत सभा

0
2

बिर्तामोड ।

झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १३ औँ बार्षिक साधारणसभा अन्तरगतको एकाइ नम्बर १ को एकाइगत साधारणसभा सम्पन्न भएको छ ।

साकोसले सुरुङ्गा, झिलझिले, लक्ष्मीपुर, शिवगञ्ज र कामाटोली सेवाकेन्द्रलाई एकाइ नम्बर १ अन्तरगत एकाइगत साधारणसभा सम्पन्न गरेको हो । कनकाई नगरपालिका–३ स्थित कनकाई उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको एकाइगत साधारणसभामा सञ्चालक समितिबाट तयार गरिएको वार्षिक प्रगति प्रतिवेदन संस्थाका उपाध्यक्ष (कार्यवाहक अध्यक्ष) राजेन्द्र प्रसाद गौतमले प्रस्तुत गर्नु भएको थियो ।

लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संस्थाका लेखासुपरिवेक्षण समिति संयोजक अर्जुन लामाले प्रस्तुत गरेको कार्यक्रममा ऋण उपसमितिको प्रतिवेदन संस्थाका ऋण उपसमिति संयोजक तुलसीराम गौतमले गर्नुभएको थियो ।

संस्थाको १३ औँ वार्षिक साधारणसभाको पूर्वनिर्धारित कार्यसूची अन्तर्गत प्रस्तुत गरिएको प्रतिवेदन अनुमोदनसमेत गरिएको, आर्थिक बर्ष २०८२–०८३ को वार्षिक कार्यक्रम र अनुमानित बजेट अनुमोदन गरिएको, चालु आर्थिक बर्ष २०८२–०८३ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने बिषयमा छलफल गरिएको, माइन्युट प्रमाणित गर्न प्रतिनधि चयन गरिएको साथै विविध बिषयमा छलफल भएको व्यवस्थापक सरोज दाहालले जानकारी दिनुभयो ।

एकाइ नम्बर १ को एकाइ सहजकर्ता प्रदिप भण्डारी (सुरूङ्गा सेवाकेन्द्र प्रमुख)ले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक सरोज दाहालले गर्नुभएको थियो । ३९ हजार एक सय पाँच जना शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी १८ करोड ५१ हजार सात रुपैयाँ, बचत–निक्षेप एक अर्व ७२ करोड ४१ लाख ९८ हजार एक सय ९६ रुपैयाँ र ऋण लगानी एक अर्व ९५ करोड १२ लाख २३ हजार ५८६ रुपैयाँ रहेको संस्थाको १३ औँ वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख रहेको छ ।

मंसीर २९ गते देखि पुस ७ गते सम्म एकाइगत साधारणसभाको कार्यतालिका रहेको संस्थाको १३ औँ वार्षिक साधारणसभा सम्बन्धि अन्तिम माइन्युट प्रमाणीकरण सभा बिर्तामोडस्थित आदर्श ब्याङ्कवेटको सभाहलमा पुस १० गते हुने संस्थाका बजारीकरण विभाग प्रमुख वेदप्रकाश दवाडीले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here