सुन्दरहरैंचा( मोरङ),

लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडिले मोरङको सुन्दरहरैंचा नगरपालिका–१ स्थित खदममा अवस्थित जनता माध्यमिक विद्यालयमा खानेपानी तथा शौचालय भवन निर्माण गरी हस्तान्तरण गरेको छ।
लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडिकी अध्यक्ष एमजेएफ लायन स्मृति सापकोटा (भट्टराई)को अध्यक्षता तथा लायन्स डिष्ट्रिक्ट ३२५ सी का डिष्ट्रिक्ट गभर्नर पीएमजेएफ लायन बबरजंग थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा निर्माण भएको खानेपानी तथा शौचालय विद्यालयलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर बबरजंग थापाले लायन्स क्लबले शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेर विद्यालय केन्द्रित सामाजिक कार्य गर्दै आएको उल्लेख गरेका थिए । उनले यस्ता कार्यक्रमले विद्यार्थीको स्वास्थ्य, सरसफाइ र शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
त्यसैगरी अध्यक्ष स्मृति सापकोटा (भट्टराई)ले सामुदायिक विद्यालयको जीवनस्तर उकास्ने उद्देश्यले पछाडि परेका क्षेत्रलाई लक्षित गरी सामाजिक सेवा कार्य गरिएको बताईन्। उनले आगामी दिहरुमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताईन्।
कार्यक्रममा खानेपानी तथा शौचालय निर्माणमा सहयोग पुर्याउने २३ जना सहयोगी तथा दाताहरूलाई सम्मान समेत गरिएको थियो। विद्यालयमा महिला र पुरुषका लागि छुट्टाछुट्टै दुई–दुई कोठा सहितको शौचालय तथा खानेपानी कक्ष निर्माण गरिएको हो। करिब ७ लाख रुपैयाँ भन्दा बढी लागतमा उक्त निर्माण सम्पन्न भएको भएको हो।
कार्यक्रममा डिष्ट्रिक्ट प्रथम महिला रञ्जना पोखरेल, पास्ट डिष्ट्रिक्ट गभर्नरहरू पीएमजेएफ लायन इन्द्र खत्री राजन, पीएमजेएफ लायन रेवत बहादुर कार्की, पीएमजेएफ लायन लिला प्रसाद चिमारिया, सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर एमजेएफ लायन रमेश खत्री, सुन्दहरैंचा नगरपालिका–१ का वडा अध्यक्ष राज विश्वास खवास, जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक मुकुन्द न्यौपानेको सहभागिता रहेको थियो।
यसैगरी,डीस्टिक ३२५ सी का क्याबिनेट सचिव एमजेएफ लायन नेत्र चम्लागाई, लियो क्लबको ओर्जिनल प्रेशिडेन्ट लियो अनुष्का भट्टराई लगायत क्लबका पदाधिकारी सहभागिता रहेको थियो।
कार्यक्रमको संयोजन निता शर्माले गरेकी थिईन् भने कार्यक्रमको संचालक लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडिकी सचिव तारा श्रेष्ठले गरेकी थिईन्।





























