बिर्तामोड ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत झापाको बिर्तामोडस्थित गिरीबन्धु टी स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बिर्तामोड–६ गिरीबन्धु टी स्टेट नजिक पूर्वपश्चिम राजमार्गमा चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नं एनएस मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार (चालक) र पछाडी सवार तत्काल नखुलेको भद्रपुर नगरपालिका–५ बस्ने बर्ष २५ का भुपाल अधिकारी र तत्काल नामथर वतन नखुलेका बर्ष अन्दाजी २५ का युवक घाइते भएका थिए ।
अनुहार,मुख र शरीरको बिभिन्न भागमा भित्री चोटपटक लागेर घाइते भएकाहरुलाई उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ल्याई डाक्टरले चेकजाँच गर्दा दुवै जनाको मृत्यु भइसकेको थियो ।
मृतकहरुको शव तत्काल सोही अस्पतालको शवगृहमा रहेको छ । मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।





























