बाह्रदशीमा गाईगोठमा आगलागी, चार लाख बराबरको क्षति

0
37

झापा । झापाको बाह्रदशी गाउँपालिका–५ कटरडाँगीमा गाईगोठमा आगलागी हुँदा करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको छ।
प्रहरीका अनुसार आज दिउँसो करिब ३ बजे स्थानीय इच्छाराम निरौलाको काठ र टिनको छानो भएको एकतले गाईगोठमा अचानक आगलागी भएको थियो । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा करिब ३ः४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो।
आगलागीबाट मानवीय तथा चौपाया क्षति नभए पनि गाईगोठ पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here