झापा–३ मा राप्रपा अध्यक्ष लिङ्देनको उम्मेदवारी सिफारिस

0
62

झापा,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेद्वार बन्ने हुनुभएको छ ।

पार्टीको झापा निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय कार्यसमितिको बैठकले उहाँको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।

यसअघि उहाँ सोही क्षेत्रबाट दुई पटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । बैठकले समानुपातिकतर्फका उम्मेदवारको नाम भने टुङ्गो लगाएको छैन ।

पार्टीका जिल्ला अध्यक्ष केशव ओझाले यही पुस १२ गतेसम्म झापाका पाँचवटै क्षेत्रीय समितिले जिल्ला समितिसमक्ष उम्मेदवारको नाम सिफारिस गरिसक्ने जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here