बिर्तामोड । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज साम्पाङ राई बिर्तामोड आउने भएका छन्।
श्रम संस्कृति पार्टीको झापा जिल्लास्तरीय सभालाई सम्बोधन गर्न उनी झापाको बिर्तामोड आउने भएका हुन्।
श्रम संस्कृति पार्टी जिल्ला कार्यसमिति झापाको आयोजनामा पुस ९ गते बुधबार बिर्तामोडस्थित सिटी सेन्टरमा श्रम संस्कृति पार्टीको झापा जिल्लास्तरीय सभाको आयोजना गरिएको श्रम संस्कृति पार्टी जिल्ला कार्यसमिति झापाका अध्यक्ष केशब भण्डारीले जानकारी दिए। उनले हालसम्म पाॅच वटा पालिकामा पार्टी विस्तार गरेको बताए।
श्रम संस्कृति पार्टी जिल्ला कार्यसमिति झापाका अध्यक्ष केशब भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रम संस्कृति पार्टीका केन्द्रीय सचिव ब्रबिम शेर्मा, केन्द्रीय कोषाध्यक्ष समिता राई, केन्द्रीय सदस्यहरू हिमालयप्रकाश कन्दङ्वा, केवलराम राई, मिका दुलाल, चन्द्रप्रकाश चेम्जोङलगायतले पार्टीका गतिविधिका बारेमा जानकारी गराएका थिए।
कार्यक्रमको सञ्चालन श्रम संस्कृति पार्टी जिल्ला कार्यसमिति झापाका सचिव शिवन सोराली मगरले गरेका थिए।






























