होटल व्यवसायी संघ सुरुङ्गामा सिटौला

0
14

सुरुङ्गा ।

होटल व्यवसायी संघ क्षेत्रीय समितिको नवौं अधिवेशनले युवा समाजसेवी गोपाल सिटौलालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

पूर्वको प्रशिद्ध पर्यटकीयस्थल धनुषकोटी वनभोजस्थलमा भएको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा आई.पी. भट्टराई, उपाध्यक्षमा इन्द्रबहादुर राई, महिला उपाध्यक्षमा भूमा गौतम, सचिवमा कैलाश बराल, सहसचिवमा कुमार बाँस्तोला, कोषाध्यक्षमा सुरेश तिवारी र सहकोषाध्यक्षमा पीताम्बर पाठकलाई चयन गरेको छ ।

समितिको सदस्यहरूमा कुमार पाठक, विवेक अधिकारी, सपना कटुवाल, रवीन अधिकारी, टङ्कप्रसाद लुइँटेल, पंकज मण्डल, मुना आचार्य, मानबहादुर थिङ, सागर गिरी र पर्शुराम राजवंशी रहेका छन् । २१ सदस्यीय समितिमा तीन सदस्य पछि चयन गरिने बताइएको छ ।

तीर्थराज खरेल संयोजक, सरोज सिटौला र कमल चापागाँईं सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयन गरेको थियो । अग्रज समाजसेवी शेरबहादुर थापाको विशेष आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि होटल व्यवसायी संघ कोशी प्रदेश अध्यक्ष राजन दङ्गाल, जिल्ला अध्यक्ष इन्दिरा श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष ख्यामप्रसाद ओली, महासचिव शिवहरि पौडेल, सुरुङ्गा समितिका संस्थापक अध्यक्ष हरिभक्त सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सिटौलाले प्रतिबद्धता मन्तव्य राख्दै होटल व्यवसायीको हकहितका लागि सबैको साथसहयोग लिएर अघि बढ्ने बताएका थिए । होटल व्यवसायी संघ सुरुङ्गा क्षेत्रीय समितिका पूर्वअध्यक्ष कुमार श्रेष्ठको उपस्थिति रहेको कार्यक्रम निवर्तमान अध्यक्ष तिलकबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियोे । कार्यक्रम सचिव कलाश बरालले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here