नयाँ उज्यालोको अध्यक्षमा विपीन

0
42

बिर्तामोड ।

बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको नयाँ उज्यालो बचत तथा ऋण सहाकारी संस्था लिमिटेडको अध्यक्षमा विश्वेश्वरप्रसाद बजगाँई (विपीन) निर्विरोध निर्वाचित भएका छन् ।

संस्थाको सम्पन्न १४औ साधारणसभा तथा अधिवेशनबाट बजगाँईको अध्यक्षतामा नौ सदस्य कार्यसमिति चयन भएको हो । बजगाँई लामो समयदेखि सहकारी अभियानमा जोडिएका छन् । उनी बिर्तामोडमा सफल युवा व्यवसायीका साथै समाजसेवीका रुपमा समेत परिचित छन् ।

समितिको उपाध्यक्षमा कमलबहादुर थापा, सचिव शिवराज पौडेल, कोषाध्यक्ष कल्पना आचार्य तथा सदस्यहरुमा कुमारी ओली, नन्दादेवी तिम्सिना, भेषराज मिश्र, लीला खड्का र सुनिल अधिकारी तथा लेखा सुपेरिवेक्षण समिति संयोजकमा दिपक पौडेल, सदस्यद्वय कृष्णप्रसाद प्याकुरेल र बिदुर खनाल चुनिएका छन् ।

निर्वाचित विपीन बिर्तामोडका सामाजिक व्यक्तित्व हुन् । उनी बिर्तामोड उद्योग वाणिज्य संघका वर्तमान कार्य समिति सदस्य, नेपाल पत्रकार महासङ्घ झापाको पत्रकार सहारा उपचारका दाता, केदार मनमाया स्मृति प्रतिष्ठानका अध्यक्ष, विभिन्न सामाजिक संघ–संस्थामा रहेर विकास निर्माण र सहाजसेवामा अहम् भूमिका निर्वाह गरिरहेका छन् ।

उनले गत भाद्र २४ गते जेन–जी आन्दोलनमा क्षतिग्रस्त भएका इलाका प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका लागि पुनः निर्माण कार्यको अभियानकर्ताको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी युनिक मेसिनरीका प्रोप्राइटर, युनिक इन्टरप्राइजेजका प्रबन्धक हुन् ।

शपथ ग्रहण समारोहमा प्रतिबद्धता मन्तव्यका क्रममा उनले संस्थाको कुल सम्पत्ति सात करोड ८० लाख, ७२ हजार छ सय ८४ रुपैयाँ ५५ पैसाको दायित्वलाई सहज तरिकाले परिचालन गर्न सक्ने जनादेशलाई आत्मासाथ गर्दै सबैको मनोभावनाका साथ र सहयोगमा संस्थालाई अगाडि बढाउन हरदम प्रयत्नरत रहने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here