हिसान झापाद्वारा आयोजित खेलकुदका कार्यक्रम सम्पन्न

0
20

कमल ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) झापा द्वारा आयोजित अतिरिक्त कृयाकलाप अन्तरगत फुटवल,भलिवल र क्रिकेटका प्रतियोगिता सम्पन्न भएका छन् ।

गत पुस ४ देखि कमल ५ स्थित आदिवासी रंगशालामा आयोजित खेलकुद अन्तरगत फुटवल,भलिवल र क्रिकेटका गतिविधी मंगलवार सम्पन्न भएका हुन् । विद्यार्थीको क्षमता विकास, आत्मविश्वास वृद्धि र खेलकुदप्रति रुचि जगाउने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा जिल्लाभरीका २२ वटा विद्यालयको सहभागिता रहेको थियो ।

हिसान झापामा आवद्ध विध्यालय मध्ये २२ वटा विध्यालयका १ हजार ५ सय खेलाडी , खेल शिक्षक, प्रशिक्षक गरि तिन हजार जनाको भव्य सहभागितामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा छात्र तर्फको फुटबल तर्फ प्रथम निदि कलेज विर्तामोड,द्वतिय युनिक कलेज दमक र तृतिय इकम कलेज विर्तामोड भएकाछन् भने छात्रा तर्फ प्रथम वाल्मीकि विर्तामोड द्वतिय युनिक कलेज दमक र तृतिय आस्था कलेज दमक भएको आयोजकले जनाएको छ ।

त्यसैगरी छात्र तर्फको भलिबलमा प्रथम निधि कलेज विर्तामोड द्वतिय. सिद्धार्थ कलेज भद्रपुर र तृतिय ग्लोबल एकेडेमी दमक भएका छन् भने छात्रा तर्फ प्रथम निदि कलेज विर्तामोड द्वतिय ग्लोबल एकेडेमी दमक र तृतिय प्रजिता एकेडेमी दमक भएको प्रतियोगिता आयोजक समितिका सदस्य कपिल पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै क्रिकेट तर्फ प्रथम एमिटी कलेज विर्तामोड द्वतिय . युनिक कलेज दमक र तृतिय . आस्था कलेज दमक भएको पौडेलले बताउनु भयो । हिसान झापामा आबद्ध विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागितामा रहेको यो प्रतियोगिता माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यार्थीहरूको क्षमता अभिवृद्धि, आत्मविश्वास वृद्धि तथा खेलकुद प्रति रुचि जगाउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताले विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने आधार तयार हुने विश्वासका साथ खेलकुदका कार्यक्रम आयोजना गरिएको हिसान झापाका अध्यक्ष टेकनाथ भण्डारीले बताउनु भयो ।

हिसान झापाले प्रत्येक वर्ष विविध शैक्षिक, सांस्कृतिक तथा खेलकुद कार्यक्रम गर्दै आएको छ । त्यसैअनुसार खेलकुद प्रतियोगिता आयोजना गरिएको हो । यस्ता प्रतियोगिताले विध्यार्थिको अतिरिक्त क्षमता वृद्धी हुनुका साथै शारिरिक र मानशिक रुपमा अझ सक्षम हुने खेलकुद प्रतियोगिताका संयोजक गुणराज अधिकारीले बताउनुभयो ।

प्रतियोगिता समापनको अवसरमा हिसानका केन्द्रिय सदस्य महेन्द्र घिमिरे, सुनसरी जिल्ला अध्यक्ष सागर भट्टराई, वरिष्ट उपाध्यक्ष टि एन तिम्सिना, केशी प्रदेश उपाध्यक्ष आर.एस. ढकाल, सह सचिव प्रकाश भण्डारी, झापा जिल्ला क्रिकेट संघ सचिव लाक्पा लामा लगाएतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here