अर्जुनधारामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम शुरु

0
33

अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका न्यायिक समितिको आयोजनामा शुक्रबारदेखि मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभूत तालिम सुरु भएको छ ।

स्थानीय विवाद स्थानीयस्तरमै समाधान गर्दै समाजमा दिगो शान्ति स्थापना गर्ने उद्देश्यले अर्जुनधारा–७ स्थित सामूहिक उद्धार तथा उपकार संघको सभाहलमा सञ्चालन हुने उक्त तालिमको अर्जुनधारा नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समितिकी संयोजक खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।

सहजकर्ताद्वय प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालका राष्ट्रिय स्रोतव्यक्तिहरु चेतराज विष्ट र संगीता थापा ढुंगानाले सहजिकरण गर्ने कार्यक्रममा ३५ जना मेलमिलापकर्ताको सहभागिता रहेको समितिकी कर्मचारी अधिकृत मायाकुमारी ऐरले जानकारी दिइन् ।

समितिकी संयोजक पराजुलीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा अर्जुनधारा–७का वडाध्यक्ष गोविन्द खतिवडालगायतले आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन समितिकी कर्मचारी ऐरले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here