झापा । बिर्तामोडमा दुई समूहबीच झडप हुँदा एक मोटरसाइकल तोडफोड भएको छ । गएराति करिब ८ः३० बजे बिर्तामोड नगरपालिका–५ सगरमाथा टोलमा ग्याङफाइट भएको हो ।
झडप भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायब निरीक्षक कुलप्रसाद सापकोटाको कमाण्डमा सातजनाको टोली घटनास्थल पुगेको थियो । तर प्रहरी पुग्नासाथ संलग्न व्यक्ति फरार भएका थिए ।
प्रहरीले घटनास्थलको निरीक्षण गर्दा मे ७ प ८८ नम्बरको मोटरसाइकल तोडफोड गरिएको अवस्थामा फेला परेको जनाएको छ । झडप तथा तोडफोडमा संलग्न व्यक्तिको पहिचान र खोजतलास कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।




























