विराटनगर ।

मोरङ र धनकुटाबाट प्रतिबन्धित औषधीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलिले विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कलेजमा बेवारिसे अवस्थामा प्रतिबन्धित औषधी ट्रामाडोल–छ सय पिस फेला पारि नियन्त्रणमा लिएको छ ।
त्यस्तै विराटनगर–२ स्थित वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा विराटनगर–१२ का दिनेश राईलाई प्रतिबन्धित औषधी सात पिस इस्पासमो र दुई पिस नाईट्रोजन ट्याबलेट सहित नियन्त्रणमा लिईएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटा–७ बाट सोहि स्थानका बिजय मल्लिक, रविन मल्लिक, धनकुटा–६ का प्रकाश रोक्का र झापाको मेचीनगर– ९ का अतिप लिम्बूलाई प्रतिबन्धीत औषधी ट्रामोल– एक सय ५३ पिस र स्पासपेन– एक सय ६३ पिस सहित र छथरजोरपाटी–३ बाट स्थानिय अर्बिन भट्टराईको साथबाट प्रतिबन्धित औषधी ट्रामोल–८० पिस र स्पासपेन–एक सय चार पिस सहित नियन्त्रणमा लिएको छ ।
प्रतिबन्धीत औषधीसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।






























