प्याब्सन परित्याग गर्दै पूर्वाञ्चल पब्लिक स्कूलले लियो नेसनल प्याब्सनको सदस्यता

0
38

योगेन्द्र योगी
सुन्दरहरैंचा(मोरङ),

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -५ मा रहेको पूर्वाञ्चल पब्लिक स्कूलले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को सदस्यता प्रमाणपत्र लिएको छ।

विगत २२ वर्ष देखि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मा आवद्ध रहदै आएको पूर्वाञ्चल पब्लिक स्कूलले प्याब्सनको सदस्यता परीत्याग गर्दै नेसनल प्याब्सनको नयाँ सदस्यताको प्रमाणपत्र लिएको हो।

बुधबार नेसनल प्याब्सन सुन्दरहरैंचा नगर कमिटिका अध्यक्ष खगेन्द्र धिमालको अध्यक्षता तथा नेसनल प्याब्सनका केन्दिय सदस्य नारायण ढकालको प्रमुख आतिथ्यता र नेसनल प्याब्सन कोशी प्रदेशका कार्यबाहक अध्यक्ष कमल खनालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नवप्रवेशी पूर्वाञ्चल पब्लिक स्कूलका प्रिन्सिपल सन्तोष कुमार राईलाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको हो।

सदस्यता ग्रहरण गर्दै प्रिन्सिपल राईले प्याब्सनबाट नेसनल प्याब्सन प्रवेश गरेको भन्दै खुशी व्यक्त गरे। २०६० प्याब्सको सदस्यता लिएको र यो २२ बर्षको अवधिमा विद्यालयको समग्र पक्षको सुधारमार्फत शैक्षिक गुणस्तर अभिवृद्धि गर्नु प्याब्सको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै धन्यवाद दिए। उनले अब आगामी दिनहरुमा नेसनल प्याब्सनमा रही शिक्षाको विकासको निम्ति सबै सँगै अघि बढ्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नारायण ढकालले प्रिन्सिपल राईलाई नेसनल प्याब्सन प्रवेश गरेकोमा बधाई दिंदै लामो समय प्याब्सनमा रहेर कार्य गरेको र एक्कसी नेसनल प्याब्सन प्रवेश गर्दा म सकिने पो होकी भनेर नसोच्न आग्रह गरे। उनले प्याब्सनले भन्दा नेसनल प्याब्सन ले उचित जिम्मेवारी दिएर सँगसँगै हातेमालो गरेर अघि बढ्ने बिश्वास समेत दिलाए।

कार्यक्रममा आफ्नो मन्तब्य नेसनल प्याब्सन कोशी प्रदेशका कार्यबाहक अध्यक्ष कमल खनालले बिद्यालय सँग समन्वय गरेर संगठनले गर्नसक्ने सबै खाले सहयोग तत्पर रहेको बताउदै नगर,जिल्ला र प्रदेशस्तरीय सबै कार्यक्रममा सहभागी गराईने बताए।

कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन ढकाल लगायत पूर्वाञ्चल पब्लिक स्कूलका शिक्षक तथा शिक्षिकाहरुको बाक्लो उपस्थिति रहेको रहेको थियो भने कार्यक्रमको सहजीकरण नेसनल प्याब्सन मोरङका सचिव भनिरुद्र चौधरीले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here