म र मेरो प्रतिबिम्ब

0
21
  • कविता

रेखा सापकोटा

म उभिएँ ठिङ्ग, ऐना अघि
ऐनाबाट एउटा उदासीन मुस्कान आयो ।
अनिदा आँखाहरूबाट आवाज निस्कियो,
पुलुक्क चियायो,अनि प्रश्न ग¥यो–
कस्तो छ तिमीलाई ?
साँचै, कस्तो छ मलाई ?
चिराचिरा परेका ओठ मुस्कुराएँ
औँलाभरि घाउ भएका हातहरुले
आफ्नै गाला सुम्सुम्याए ।
अनि कति फरक थिए, आफ्नै गुनासाहरू,
फगत प्रतिबिम्बसँग म खुसी साट्छु–
जसले मेरो दुखाइहरूमा मलम लगाउँछ ।
मेरा पीडाहरूको सुनुवाई गर्छ, जसले
घन्टीझैँ अर्डर–अर्डरको तागत देखाउँछ ।
फेरि फुङ्ग उडेको कपाल मिलाउँदै
मेरो प्रतिबिम्बले प्रश्न जोड्छ–
किन मलिन छौ आज ?
अँ है, किन मलिन छु–
खोइ ती रहरहरु ?
खोइ ती इच्छाहरु ?
आखिर शब्द र अक्षरको
लडाइँमा म पिल्सिँदै छु ।
कठोर जीवनभन्दा पनि
मृत्यु मिठो लाग्ने
आभास किन आइरहेछ ?
यस्तै उत्तर
म प्रतिबिम्बलाई दिन्छु ।

श्रब्य दृष्यमा

 

(वाल्मीमि एजुकेशन फाउण्डेशन)

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here