
सहमति अनुसार सशस्त्र प्रहरी बलको गोलीका कारण मृत्यु भएका विजय साहको मृत्यु र गोली प्रहार गर्नुपर्ने कारण र परिणामका सम्बन्धमा छानविन गरी सत्य तथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि रहने गरी ७ (सात) दिन भित्र प्रतिवेदन पेश गर्ने गरी छानविन समिति गठन गर्ने निर्यण गरेको छ।
यस्तै,छानविन समितिको प्रतिवेदन प्राप्त भए पछि सुरक्षा अधिकारीको लापरवाहीको कारण मृत्यु भएको पाइएमा नियमानुसारको राहत एवं क्षतिपुर्तीका लागि नेपाल सरकार गृह मन्त्रालयमा सिफारिस गरी पठाउने सहमति भएको छ। मृतक शाहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले पहलकदमी तथा सहजीकरण गरिदिने ।
मृतकको छोरा सशस्त्र प्रहरीमा भर्ना हुने इच्छा राखेमा निजलाई भर्ना हुनका लागि सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनीले नियमानुसार आवश्यक सहयोग एवं सहजीकरण गरिदिने ससहमति भएको छ भने मृतकको शव पोष्टमार्टमको लागि नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने र सो पश्चात मृतक परिवारले दाहसंस्कार गर्ने गराउने बताईएको छ। घटना बुधबार गएराति करिब १ :१० बजे कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा भएको थियो।
सिटी चलाइरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको थियो। साहको मृत्युपछि स्थानीयले सडक शव तेर्स्याएर प्रदर्शन गरेका थिए। स्थानीयको प्रर्दशनका कारण पूर्व–पश्चिम राजमार्गको कोशी गाउँपालिका–१ स्थित लौकही बजार क्षेत्र अशान्त बनेको थियो भने स्थानीयले सशस्त्र प्रहरीको अस्थाई पोष्ट जलाएका थिए।






























