झापा ।

दमकका तीन युवक प्रतिबन्धित लागू औषधसहित बिर्तामोडमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा दमक नगरपालिका-४ का २३ वर्षीय राजा माझी, दमक-१ का २९ वर्षीय टेकबहादुर कुमाल र सोही ठाउँका ३३ वर्षीय हर्कबहादुर कुमाल रहेका छन् ।
बिर्तामोड-४ बाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय बिर्तामोड र लागू औषध ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरूको साथबाट प्लास्टिकबाहेक ६ ग्राम १५० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित नाइट्रोजन ट्याब्लेट ५५ वटा बरामद गरेको छ ।
तीन जनालाई नियन्त्रणमा लिई इप्रका बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






























