अर्जुनधारामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

0
14
अर्जुनधारा,  झापाको अर्जुनधारा नगरपालिका न्यायिक समितिको आयोजनामा गत पुस ११ गतेदेखि आयोजित आठ दिवसीय मेलमिलाप सम्बन्धी आधारभूत तालिम शुक्रबार सम्पन्न भएको छ ।
नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समितिकी संयोजक खड्गमाया पराजुलीको अध्यक्षता र झापा जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुँइटेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा तालिमका सहभागी २५ जना मेलामिलापकर्तालाई संयोजक पराजुलीले सपथ ग्रहण गराएकी थिइन् ।
त्यसैगरी कार्यक्रममा प्रमुख अतिथि लुँइटेलले न्याय सम्पादनका विषयमा कानूनमा उल्लेख भएका विविध विषयबारे सहजिकरण एवम् सहभागीहरुको जिज्ञासाको जवाफ दिएको बताइएको छ ।
सहभागीहरु गीता न्यौपाने, तोयानाथ काफ्ले र रमेशकुमार दर्जीले तालिमको अनुभव बारे प्रस्तुत गरेको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा समितिका सदस्यद्वय तुम्मनाथ काफ्ले र शर्मिला सुब्बा, प्रशिक्षकद्वय प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालका राष्ट्रिय स्रोतव्यक्तिद्वय चेतराज विष्ट र संगीता थापालगायतले सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन समितिकी कर्मचारी अधिकृत मायाकुमारी ऐरले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here