चन्द्रगढी विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना  : सबै यात्रु सकुसल

0
39

झापा । बुद्ध एयरको ए टीआर ७२ ९०१ नम्बरको जहाज चन्द्रगढी (भद्रपुर) विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ ।
अवतरणका क्रममा आज राति जहाज धावनमार्ग भन्दा करिब २०० मिटर बाहिर खोल्सीतर्फ चिप्लिएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रवहादुर खड्काले जाानकारी दिनुभयो । उहाँका अनुसार जहाज खोल्सीमा गएर रोकिएको छ ।
जहाजमा सवार यात्रु तथा चालक दलका सबै सदस्य सुरक्षित रहेको र दुर्घटनाबाट कुनै पनि अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । जहाजमा चालक दलका चारसदस्य सहित ५१ यात्रु सवार रहेका थिए । उनीहरु सकुसल रहेको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट आज राति ८ :२३ मिनेज जाँदा उडेको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको र उद्धारकार्य भएरहेको प्रहरीले जनाएको छ ।
घटनापछि सुरक्षाका सबै मापदण्ड अपनाउँदै आवश्यक उद्धार, प्राविधिक जाँच तथा अनुसन्धान कार्य अघि बढाइएको छ । दुर्घटनाको कारण र विमानस्थलको उडान–अवतरण अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here