तत्काल सुशिला कार्की नेतृत्वको सरकार भंग गरी सर्वपक्षीय सरकार गठन गर्नुपर्ने माग

0
55
  • नेकपा (माओवादी)को समाजवादी युवा जागरण अभियान : दमकमा कोणसभा

झापा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले आयोजना गरेको समाजवादी युवा जागरण अभियान दमकमा कोणसभा गर्दै सम्पन्न भएको छ।

मेचीनगर–६ काँकडभिट्टास्थित मेची पुलबाट सुरु भएको ¥याली दमक–५ स्थित गोर्खा डिपार्टमेन्ट अगाडि पुगेर सभामा परिणत भएके थियो । त्यसपछि सहभागीहरूले मशाल जुलुस निकाल्दै दमक–६ गणतन्त्र चोकमा कोणसभा गरेका थिए।

कोणसभामा केन्द्रिय सदस्य एवं अभियान पूर्वी क्षेत्र संयोजक प्रकाश शाही, पार्टीक झापा इन्चार्ज सुमनसिंह पौडेल, झापा जिल्ला सेक्रेटरी संजय राईसहितको उपस्थितिमा कार्यक्रम भएके थियो ।
कोषसभामा बोल्दै पार्टीक झापा जिल्ला इञ्चार्ज पौडेलले भदौ २३ र २४ गते दमकमा भएको आन्दोलनको क्रममा केही घर जलाउने घटनाबारे स्पष्ट तथ्यसँग आफूहरूसँग जानकारी रहेको बताए। उनले भने, “केही कफि सप वा बन्द कोठामा बसेर देश ध्वस्त पार्ने योजना कसले बनायो भन्ने तथ्य हामीसँग छ।”

नेता पौडेलले वर्तमान सरकारलाई विदेशी प्रभावमा रहेको र अमेरिकिकरणको मार्गमा अघि बढिरहेको बताए। उनले भने, “ट्रम्प प्रशासनले भेनेजुएलामा जसरी घटना घटायो, त्यस्तै नेपालमा पनि यस्ता घटना हुन सक्ने खतरा छ। कतिपय शक्तिहरूको गतिविधि र वर्तमान कठपुतली सरकारको कामले देशलाई अमेरिकिकरण गर्दैछ।”

पौडेलले तत्काल सुशिला कार्की नेतृत्वको सरकार भंग गरी सर्वपक्षीय सरकार गठन गर्नुपर्ने माग राखे। त्यसैगरी उनले भदौ आन्दोलनको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही हुनुपर्ने आवश्यकतामा जोड दिए।

यसैबीच, भेनेजुएलामा अमेरिकी हस्तक्षेप र राष्ट्रपति मादुरोको अपहरण घटनाप्रति नेकपाले घोर भर्त्सना गरेको पौडेलले बताए। उनले शीर्ष नेताहरूले पनि यसबारे आवाज उठाउनु आवश्यक रहेको बताए।

आगामी निर्वाचनसम्बन्धी तयारीबारे जानकारी दिँदै पौडेलले भने, “अहिलेको निर्वाचन एजेन्डा केन्द्रित हुनेछ। झापा–५ बाट हाम्रो उम्मेदवारी हुनेछ र चुनाव चिन्ह गुलाब हुनेछ।”

उनले अभियानको मुख्य उद्देश्य सम्पूर्ण जनतालाई एकीकृत गर्नु रहेको बताए। नेकपा माओवादीले आगामी दिनमा पनि युवाप्रधान अभियानलाई निरन्तरता दिने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here