प्रतिबन्धित औषधि, ब्राउन सुगर र गाँजा सहित ७ जना पक्राउ

0
21

विराटनगर ।

झापा, मोरङ, सुनसरी र भोजपुर जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधि, ब्राउन सुगर र गाँजा सहित ७ जना पक्राउ परेका छन् ।

झापाको इलाका प्रहरी कार्यालय दमकले चेकजाँचको क्रममा दमक-१ का सुरज कुमाल, कृष्ण बहादुर श्रेष्ठ र मोरङको मिक्लाजुङ-३ की मनिका राईलाई ६ ग्राम ७८० मिलिग्राम ब्राउन सुगर सहित र मोरङको इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाटको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितबाट धरान उप-महानगरपालिका-५ का किसन घतानी र दर्लामी मगरको साथबाट ५ ग्राम २१ मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।

यसैगरी सुनसरीको प्रहरी चौकी भरौलले रामधुनी-६ का सुनिल चौधरी र सुजन राईलाई प्रतिबन्धित औषधि ६२० क्याप्सुल र ५७० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । यसै गरी भोजपुरको अस्थाइ प्रहरी पोष्ट दुम्मानाले आमचोक-८ हतुवाली स्थितबाट बेवारिसे अवस्थामा ८ किलोग्राम गाँजा फेला पारेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here