कमलमा ‘कोशी प्रदेश सरकारको घुम्ती अस्पताल’शिविर

0
45

कमल ।

झापाको कमल गाउँ पालिकामा रहेको कमल नगर अस्पतालमा कोशी प्रदेशकै पहिलो कोशी प्रदेश सरकारको घुम्ती अस्पतालका रुपमा शिविर सञ्चालन हुने भएको छ ।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण तथा अर्ध–शहरी समुदायलाई लक्षित गरी कोशी प्रदेश सरकारको महत्वकाँक्षी कार्यक्रम ‘कोशी प्रदेश सरकारको घुम्ती अस्पताल अन्तर्गत प्रदेशकै पहिलो मोबाइल घुम्ती अस्पताल स्वास्थ्य शिविर कमल नगर अस्पतालमा सञ्चालन हुने भएको हो ।

आगामी पुस २५ गते शुक्रबार आयोजना हुन लागेको उक्त ऐतिहासिक स्वास्थ्य शिविरमा स्वास्थ्य सेवामा पहुँच विस्तार, प्रारम्भिक रोग पहिचान र जनस्वास्थ्य सुदृढीकरण तर्फको ऐतिहासिक कदमका रूपमा हेरिएको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राइले बताउनुभयो ।

प्रदेशकै पहिलो कार्यक्रम कमल नगर अस्पतालबाट शुरु हुन लागेकोले स्वास्थ्य शिविरले यहाँ नागरिकलाई थप स्वास्थ्य सेवा पुग्नेमा विश्वास गरिएको कमल नगर अस्पतालले जनाएको छ ।

मुख्यमन्त्री र स्वास्थ्य मन्त्रीको उपस्थितिमा उद्घाटन

“कोशी प्रदेश सरकारको घुम्ती अस्पताल“ स्वास्थ्य शिविरको औपचारिक उद्घाटन कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवम् स्वास्थ्य मन्त्री भूपेन्द्र राईको विशेष उपस्थिति हुने जनाईएको छ ।

कोशी प्रदेशकै पहिलो “कोशी प्रदेश सरकारको घुम्ती अस्पताल” कार्यक्रम कमल नगर अस्पतालबाट सुरु हुने कार्यक्रममा मुख्यमन्त्री तिथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवम् स्वास्थ्य मन्त्रीको प्रत्यक्ष उपस्थितिमा कार्यक्रम सञ्चालन हुनुले स्थानीय तहका लागि गौरवको विषय भएको अध्यक्ष राईले बताउनुभयो ।

योजना तथा समन्वय बैठक सम्पन्न

घुम्ती अस्पताल शिविरलाई प्रभावकारी रुपमा सञ्चालन गर्नकालागी सोमबार गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञान बहादुर बस्नेत,जनस्वास्थ्य प्रशासक रमेश बराकोटी, अस्पताल नर्सिङ प्रशासक आस्था थापा,जिल्ला स्वास्थ्य कार्यालय, झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठ,जनस्वास्थ्य अधिकृत अनिल श्रेष्ठ,प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाल,स्वास्थ्य शाखा प्रमुख बिनु थापा,जनस्वास्थ्य निरीक्षक कुशल श्रेष्ठ,कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलक चन्द्र लावती,अस्पताल प्रमुख दिपक प्रसाद दाहाल,साथै चिकित्सक, नर्स, स्वास्थ्यकर्मी लगायतको उपस्थितीमा सम्पन्न बैठक सम्पन्न भएको थियो ।

बैठकले कोशी प्रदेश सरकारको घुम्ती अस्पताल कार्यक्रम लाई व्यवस्थित, प्रभावकारी र सफल रूपमा सञ्चालन गर्न सोमवार कमल नगर अस्पतालमा योजना तथा समन्वय बैठक सम्पन्न भएको छ । बैठकमा कार्यक्रमको उद्घाटन व्यवस्थापन, सेवा प्रवाह प्रणाली, जनशक्ति परिचालन, उपकरण व्यवस्थापन तथा सेवाग्राही व्यवस्थापन सम्बन्धी विषयमा विस्तृत छलफल गरी समग्र कार्ययोजना तयार गरिएको छ ।

एआई डिजिटल एक्स–रे सेवाको समेत स्वास्थ्य शिविर सञ्चालन

सोही दिन कमल नगर अस्पतालमा एआई प्रविधिमा आधारित डिजिटल एक्स–रे सेवाको समेत स्वास्थ्य शिविर सन्चालन हुने स्वास्थ्य शाखा प्रमुख बिनु थापाले जानकारी दिनुभयो ।

शिविरमा क्षयरोग, फोक्सो तथा छाती सम्बन्धी रोगहरूको छिटो, प्रभावकारी र विश्वसनीय पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

मोबाइल घुम्ती अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवाहरू

निःशुल्क रुपमा सन्चालनहुने मोबाइल घुम्ती अस्पताल स्वास्थ्य शिविरमा सहभागी सेवाग्राहीको नसर्ने रोगको स्क्रिनिङ,रक्तचाप , जाँच,पिसाब परीक्षण, मापन, मधुमेह (सुगर) जाँच,थाइराइड जाँच,मुटु सम्बन्धी परीक्षण,इसिजी (मुटुको भिडियो एक्स–रे),हड्डी तथा नसासम्बन्धी रोगको जाँच तथा विशेषज्ञ परामर्श र आवश्यक औषधि निःशुल्क वितरण गरिने अस्पतालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here