लायन्स क्लव अनारमनीले ९ औं वार्षिक उत्सव मनायो

0
48

बिर्तामोड ।

लायन्स क्लव अफ अनारमनीको ९ औ वार्षिक उत्सव (च्याप्टर डे सेलिब्रेशन) मनाएको छ ।

सामाजिक सेवामा अग्रसर रहेर मर्म मूल्य मान्यतालाई आत्मसाथ गर्दै निस्वार्थभावले मानव सेवा र समाज सुधारका लागि क्षमता र नेतृत्व विकास गर्दै सामाजिक संघसंस्थाहरू र सुरक्षा निकायसँग समभाव राखेर मानव सेवामा समर्पित संस्थाको लक्ष्य अनुरुप बिर्तामोड ४ स्थित आदर्श ब्याङ्केटमा वार्षिक उत्सव सम्पन्न भएको हो।

संस्थाका अनारमनी चियर पर्सन सरोज खरेललको अध्यक्षतामा सम्पन्न कार्यक्रम का प्रमुख अतिथि डिस्ट्रिक्ट गवर्नर बबरजंग थापाले उद्घाटन गरेका थिए।
उक्त कार्यक्रममा संस्थापक अध्यक्ष लायन कृष्ण पौडेल पूर्व अध्यक्षहरू लायन राजकुमार गुप्ता , लायन शैलेन्द्र कुरुङबाङ , लायन नेत्र चम्लागाई ,लायन लिलाप्रसाद चिमरिया , झापा ट्राफिक प्रहरी प्रमुख सन्तोष राई , सशस्त्र प्रहरी बल बेस क्याम्प शनिश्चरे प्रमुख गंगा पन्त , इलाका प्रहरी कार्यालय बिर्तामोड प्रमुख विजय श्रेष्ठ ले शुभकामना मन्तव्य राखेका थिए।

उक्त कार्यक्रममा लायन्स क्लबमा आबद्ध शाखा प्रमुख र प्रतिनिधिहरु कार्यसमिति पदाधिकारी , लायन मनोज बस्नेत , हरि घिमिरे , निरज ओली , योगेन्द्र पौडेल , सन्तोष आचार्य , मनोज बानिया , साजन थापा ,शर्मिला अधिकारी सत्यनारायण शर्मा ,यशोदा उप्रेती ,आरती श्रेष्ठ ,विनिता न्यौपाने , कुमार राई ,रविन्द्र भट्टराई ,डा.गौरीशंकर झा, शर्मिला अधिकारी, लगायतको उपस्थिति रहेको थियो ।

लायन्सको गरिमालाई उच्च राख्दै पूर्व अध्यक्षहरूले गरेको योगदानको उच्च कदर स्वरूप प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा अनारमनी शाखाका संस्थापक अध्यक्ष कृष्ण पौडेल, पूर्व अध्यक्ष शैलेन्द्र कुरुम्बाङ, मौसम अधिकारी ललित धिमाल ,हेमन्त पाण्डे रहेका थिए।

संस्थाको राष्ट्रिय ध्वजा वाचन लायन श्वेता बुढाथोकीले गरेको कार्यक्रममा नवआगन्तुक सदस्य धौलागिरी पारिजात साकोसका अध्यक्ष किशोर भट्टराई , याक्थुम चुम्लुङ बिर्तामोडका–५ का अध्यक्ष सीके बेघा , समेतलाई स्वागत गरिएको थियो।

कार्यक्रमको औचित्यमाथि प्रकाश लायन् राजेश दाहाल, स्वागत सृजन अधिकारी र सञ्चालन संस्थाका सचिव हेमन्त पाण्डेले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खरेलले लायन इन्टरनेसनल को १०० वर्ष पूरा भएकै दिन ६ जनवरी सन् २०१७ मा स्थापित लायन्स क्लब अफ अनारमनी नामाकरणलाई जिवन्त राख्ने इतिहाससहित वार्षिक उत्सव सम्पन्न गर्दै संस्थालाई गरिमामय उचाइमा पुर्‍याउने पूर्व अध्यक्षहरू कार्यसमिति सदस्य तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here