झापाका जेसीज पदाधिकारीलाई बधाई तथा शुभकामना

0
21

झापा । नेपाल जेसीज वर्ष २०२६ का लागि झापा जिल्लाबाट निर्वाचित तथा मनोनीत पदाधिकारीलाई जेसीज पूर्व अध्यक्ष समाज झापाले बधाई तथा शुभकामना दिएको छ । 

वीरता लेडी जेसीजको सभाहलमा बिहीबार आयोजित कार्यक्रममा वीरता जेसीजका संस्थापक अध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य गोपालकुमार बस्नेत प्रमुख अतिथि रहेका थिए भने समाजका अध्यक्ष रमेश पोखरेलले कार्यक्रमको सभापतित्वमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा नवनिर्वाचित उपाध्यक्षद्वय जेसी देबु बानियाँ र मिनु ओली, मनोनीत कोषाध्यक्ष सुजुप सुवेदी तथा ‘क’ उपाध्यक्ष योगेश राजवंशीलाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।

सो अवसरमा प्रमुख अतिथि बस्नेतले झापा जिल्लाका जेसीजहरू एकताबद्ध भएर नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिँदै चारआली जेसीजको आतिथ्यतामा हुने क्षेत्र ‘क’ सम्मेलन र भद्रपुर जेसिजको आतिथ्यतामा हुने ५३औँ राष्ट्रिय महाधिवेशन सफल बनाउन सबै शाखा सक्रिय हुनुपर्ने बताए ।

उपाध्यक्षका उपविजेता खड्ग थापा गौरादह जेसीज , सल्लाहकार कुमारमणि पोखरेल, समाजका संस्थापक अध्यक्ष छविलाल खतिवडालगायतले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै कार्यकाल सफल बनाउन सुझाव दिएका थिए ।

कार्यक्रममा नेपाल जेसीजका पूर्व पदाधिकारी भीमबहादुर कुँवर, कुमारसिंह सावा, घनश्याम चौधरी, राजेन्द्र चौलागाईं, वीरता लेडी जेसिजकी संस्थापक अध्यक्ष शारदा रिजाल, विभिन्न शाखाका पूर्व अध्यक्ष, वर्ष २०२५ का शाखा अध्यक्ष तथा समाजका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन सचिव प्रकाश भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष विष्णु रिमालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here