रहेनन् शिक्षासेवी गणेश खनाल

0
44

बिर्तामोड,

झापा बिर्तामोडका प्रशिद्ध शिक्षासेवी गणेशप्रसाद खनालको विहीवार निधन भएको छ । बिर्तामोडस्थित गोमेन्द्र महाविद्यालयका संस्थापक प्रिन्सिपल तथा संरक्षक खनालको ८३ बर्षको उमेरमा निधन भएको हो ।
लामो समय नेपाल सरकारको प्रशासनिक अधिकृतका रुपमा सेवा गरेका खनाल सेवा निवृत्त भएपछि बिर्तामोडमा बसेर शिक्षा क्षेत्रमा समर्पित थिए ।

उनकै नेतृत्वमा गोमेन्द्र बिर्ता मोडल इङ्लिस स्कूलदेखि उच्च शिक्षा प्रदान गर्ने गोमेन्द्र क्याम्पस सञ्चालन भइरहेको छ । तत्कालीन मेची अञ्चलमा प्राविधिक विषय आईटीको पढाइ हुने गोमेन्द्रमा एमसीए, एमविएसम्मको कक्षा सञ्चालन भइरहेको छ ।

आमाहरु गोमादेवी र बुबा इन्द्रलालका जेठा छोरा खनालको जन्म इलामको साँखेजुङमा वि.स. १९९८ मा भएको थियो । उनकी सानीआमा सैन्यदेवी, छोराबुहारीहरु दीपक–कमला, डा. रुपक–सरु तथा उत्तम–गीता खनाल रहेका छन् ।

खनालको विवाह बुध भठ्ठराईसंग वि.सं. २०१७ सालमा भएको थियो । खनालका नातिहरु अमूल, अभ्यास, नातिनीहरु रुषा, आरोही रहेका छन् । उनको पार्थिव शरीरको अन्त्येष्टि आज शुक्रवार कनकाई माई आर्यघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।

हाम्रा शुभचिन्तक तथा सहयोगी दीपक, डा. रुपक, उत्तम लगायत शोकसन्तप्त परिवारजनमा समवेदनासहित स्व. खनालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here