अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–४ स्थित रातेखालमा जारी प्रथम रातेखाल टी १० खुला नकआउट क्रिकेट प्रतियोगिताअन्र्तगत बिहीबार समूह चरण र क्वाटर फाइनलकाअन्र्तगतका चार वटा खेल सम्पन्न भएको छ ।
स्थानीय दहीझोडा सामुदायिक वन उपभोक्ता समूहअन्र्तगतको दहीझोडा खेलमैदानमा सम्पन्न भएको पहिलो खेलमा क्रिकेट कर्नरलाई ४१ रनले पराजित गर्दै कोहिनुर–११ विजयी भएको हो । १३७ रनको लक्ष्य पछ्याएर जवाफमा आएको क्रिकेट कर्नर ९५ रनमा सिमित भएको थियो ।
खेलमा सर्वाधिक रन ८२ बनाउने विजयी टिमका नित्य कन्डोरिया उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनलाई नगद पुरस्कारसहित मेडल प्रदान गरिएको थियो ।
त्यसैगरी दोस्रो खेलमा दहीझोडा युवा क्लबलाई ५ विकेटले पराजित गर्दै खुदुनाबारी सुपर–११ विजयी भएको हो । पराजित टिम दहीझोडाले दिएको ८० रनको लक्ष्यलाई खुदुनाबारीले ७.२ ओभरमा ५ विकेटको क्षतीमा पुरा गरेको थियो । खेलमा सर्वाधिक रन ४२ बनाउने विजयी टिमका निरेन तामाङ उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनलाई नगद पुरस्कारसहित मेडल प्रदान गरिएको थियो ।
त्यस्तै क्वाटरफाइनलअन्र्तगत भएको पहिलो खेलमा कोहिनुर–११लाई ६ विकेटले पराजित गर्दै कनकाई एभेञ्जर्स विजयी भएको हो । पराजित टिम कोहिनुर–११ले दिएको ९७ रनको लक्ष्यलाई कनकाईले ८.४ ओभरमा ४ विकेटको क्षतीमा पुरा गरेको थियो । खेलमा सर्वाधिक रन ६८ बनाउने विजयी टिमका विवेक खतिवडा उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनलाई नगद पुरस्कारसहित मेडल प्रदान गरिएको थियो ।
यता क्वाटरफाइनलअन्र्तगत भएको दोस्रो खेलमा खुदुनाबारी सुपर–११लाई ८ विकेटले पराजित गर्दै रातेखाल क्रिकेट टिम विजयी भएको हो । पराजित टिम खुदुनाबारीले बनाएको ५३ रनको लक्ष्यलाई रातेखालले ३.२ ओभरमा २ विकेटको क्षतीमा पुरा गरेको थियो ।
खेलमा विजयी टिमका तुसार मगर उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनलाई प्रतियोगिता आयोजक समितिका संयोजक अर्जुन डाँगीले नगद पुरस्कारसहित मेडल प्रदान गरेका थिए ।
























