झापाका ५ वटै निर्वाचन क्षेत्रमा जाँतो चुनाव चिन्हका उम्मेद्वार घोषणासँगै सिफारिस

0
20

बिर्तामोड । आसन्न फागुन २१ गते  हुने संघीय निर्वाचनमा राष्ट्रिय मुक्ति पार्टी, जनता समाजबादी पार्टी र नागरिक उन्मुक्ति पार्टी, नेपाल समानुपातिक र प्रत्यक्ष दुवैतर्फ जाँतो चुनाव चिन्ह लिएर जनतामा जाने निर्णय गरे सँगै चाँडै पार्टी एकता गर्ने घोषणा गरेका छन्।

त्यसैगरी, ती पार्टीहरूले अहिलेलाई  ‘राष्ट्रिय अग्रगामी गठबन्धन’ नाम दिएर अन्य पहिचान पक्षधर राजनैतिक शक्तिहरुलाई समेत एकता वा चुनावी मोर्चामा जोडिनका लागि जोडदार आव्हान गरेका छन्। गठबन्धनले झापा जिल्लामा चुनावी कार्यक्रम अन्तर्गत हिजो ९बिहीवार० बिर्तामोडमा भएको भेलाले झापाको ५ वठै निर्वाचन क्षेत्रमा उम्मेद्वार घोषणा गरेका छन् ।

झापा निर्वाचन क्षेत्र नं १ मा बासुदेव सिंजाली मगर, निर्वाचन क्षेत्र नं २ मा तिलबहादुर राई, निर्वाचन क्षेत्र नं।३ मा उदित नारायण राजवंशी, बिनिता राजवंशी र गणेश इङ्नाम, निर्वाचन क्षेत्र नं। ४, मा त्रीनारायण राजवंशी र निर्वाचन क्षेत्र नं। ५ मा बुद्धि न्यौपानेलाई उम्मेद्वार घोषणा गरिएको युवा नेता एलबी पालुङ्वाले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ नेता सन्जुहाङ पालुङ्वा, पार्टीका केन्द्रीय उपाध्यक्षद्वय त्रीनारायण राजवंशी र मित्र लिङ्देन, केन्द्रीय महासचिव लासिम पालुङ्वा, संयुक्त पहिचानबादी मोर्चाका सङ्गठन विभाग तथा झापा संयोजक एल बि पालुङ्वालगायतले पहिचानको आन्दोलन र विचारलाई स्थापित गर्न आगामी चुनावमा जाँतो चुनाव चिन्हमा मतदान गर्नु पर्नेमा जोड दिए। त्यसैगरी, नो कोशी आन्दोलन र मूकुमलुङ आन्दोलनको भावनालाई  कदर गर्न जाँतो चुनाव चिन्हको उम्मेदवार नैं उपयुक्त हुने उनीहरुले ठोकुवा गरे।

झापा जिल्लाको चुनावी अभियान बलियो बनाउन चुनाव परिचालनको लागि संयोजकमा डोमालाल राजबंशी, सहसंयोजकमा समर राई, सहसंयोजकमा हरिनारायण चौधरी, सचिवमा तीर्थ राई, सहसचिवमा दिनेश माबोलगायत ५१ सदस्यीय जिल्ला स्तरीय निर्वाचन परिचालन समिति गठन गरिएको छ।

त्यसैगरी, यस उम्मेदवारी घोषणा कार्यक्रममा गत भाद्र २३ र २४ मा  भएको जेन जी आन्दोलन क्रममा बिर्तामोडमा सहादत दिनेश राजवंशीको परिवारलाई नगद सहयोगसहित सम्मान गरिएको थियो । राष्ट्रिय मुक्ति पार्टी झापाका अध्यक्ष डोमालाल राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत जनता समाज पार्टी झापाका अध्यक्ष समर राईले गरेका थिए भने सञ्चालन नागरिक उन्मुक्ति पार्टी नेपालका झापा संयोजक हरिनारायण चौधरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here