झापा, ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा झापाको ऐतिहासिक चन्द्रगढ क्षेत्रमा बृहत सरसफाई अभियान सञ्चालन गरिएको छ ।
चारआली ब्यारेकमा अवस्थित श्री अरिदमन गणको नेतृत्वमा भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढ परिसरमा सरसफाई गरिएको हो ।
सफाइ कार्यक्रममा नेपाली सेनाका ७० जना सकलदर्जाका सदस्य, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी ४० जना सुरक्षाकर्मी, एनसीसी अल्मुनाई एशोसिएसन झापाका २० जना विद्यार्थी, स्थानीय पत्रकार तथा करिब ५० जना स्थानीयबासी सहभागी थिए । कार्यक्रममा जम्मा १८५ जनाको सक्रिय उपस्थिति रहेको थियो ।
सरसफाई कार्यक्रममा श्री अरिदमन गणका गणपति प्रमुख सेनानी सरोज थापा, भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सुरक्षा निकायका प्रमुखहरू तथा भद्रपुर–१० का वडा अध्यक्षलगायतको सहभागिता रहेको थियो ।
स्थानीय जनविश्वासअनुसार दोस्रो विश्वयुद्धको समयताका तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्सेरको शासनकालमा सैनिक टुकडी राख्न चन्द्रगढ क्षेत्रमा गढी निर्माण गरिएको थियो । साथै, १८ औँ शताब्दीमा किरात धर्मावलम्बीहरूले निर्माण गरेको यस ऐतिहासिक गढकै नामबाट चन्द्रगढी क्षेत्र परिचित भएको बताइन्छ ।
यस किसिमको बृहत सरसफाई अभियानले झापाको एकमात्र ऐतिहासिक गढको संरक्षण र संवद्र्धनमा योगदान पुग्ने तथा पृथ्वी जयन्तीको सन्देशअनुसार राष्ट्रिय एकताको भावना थप सुदृढ हुने अपेक्षा गरिएको छ ।
उक्त चन्द्रगढ दोस्रो विश्वयुद्धको समयमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्सेरको शासनकालमा सेनाको एक टुकडी तैनाथ गर्न गढी निर्माण भएको भन्ने स्थानीयको भनाइ रहेको छ ।
त्यसैगरी १८ औं शताब्दीमा किरात धर्मावलम्बीहरुले निर्माण गरेको यस ऐतिहासिक चन्द्रगढबाट चन्द्रगढी शहरको नाम रहन गएको बुझिएको छ । यस बृहत सरसफाई कार्यक्रमले झापा जिल्लाको एक मात्र यस ऐतिहासिक गढको संरक्षण र संबद्र्धनमा टेवा पुग्ने तथा राष्ट्रिय एकताको भावनालाई थप मजुबत बनाउने अपेक्षा गरिएको छ ।






























