ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित १० जना पक्राउ

0
26

विराटनगर,

झापा, मोरङ,सुनसरी, उदयपुर र इलामका विभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको भद्रपुर नगरपालिका–१ का २५ वर्षिय निरोज लिम्बू र भद्रपुर नगरपालिका–२का २६ वर्षिय सागर प्रधान लाई ४१ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर सहित र मकवानपुर हेटौडा–१५ का जिबन खरेललाई एक ग्राम २८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।

चेकजाँचकै क्रममा मोरङको पथरीशनिश्चरे नगरपालिका–४ का ज्ञानदिप राई, पथरीशनिश्चरे–७ का प्रज्वल राई र पथरीशनिश्चरे–६ का मिथुन मण्डललाई एक ग्राम ब्राउन सुगर सहित र उदरपुरको त्रियुगा नगरपालिका–१० का जहान सिंह खत्रीलाई प्रतिबन्धित औषधी ४५० एम्पुल सहित र इटहरी–५ का राहुल राय, इटहरी–४ का सुशाङ्ग श्रेष्ठ, बिबेक घतानीलाई प्रतिबन्धित औषधि नौ ट्याब्लेट सहित पक्राउ गरिएको छ ।

लागू औषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here