अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–४स्थित रातेखालमा जारी प्रथम रातेखाल टी१० खुला नकआउट क्रिकेट प्रतियोगिताको उपाधि कनकाई नगरपालिका–५ स्थित कनकाई एभेञ्जर्सले जितेको छ ।
स्थानीय दहीझोडा सामुदायिक वन उपभोक्ता समूहअन्र्तगतको दहीझोडा खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा आयोजक रातेखाल क्रिकेट टिमलाई ५ रनले पराजित गर्दै कनकाई विजयी भएको हो ।
६५ रनको लक्ष्य पछ्याएर जवाफमा आएको आयोजक ५९ रनमा सिमित भएको थियो । जितसँगै विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमश ४० हजार र २५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजकका अभिषेक कटुवाल(९३ रन ७ विकेट), बेस्ट ब्याटसम्यान कनकाईका विवेक खतिवडा(१६१ रन), बेस्ट बलर आयोजकका तुसार मगर(११ विकेट) र फाइनल खेलको उत्कृष्ट खेलाडी कनकाईका केशव चौधरी घोषित भएका थिए । उनीहरुलाई नगद पुरस्कार क्रमश तीन हजार, दुई हजार र एक हजारसहित ट्रफी र मेडल प्रदान गरिएको थियो ।

अर्का आयोजक रातेखाल युवा क्लबका उपाध्यक्ष विशाल थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष अम्बरबहादुर कटुवाल, दहीझोडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देवराज बुढाथोकी, उपाध्यक्ष रुद्र खत्रीलगायतले पुरस्कारहरु वितरण गरेका थिए ।
सोही कार्यक्रममा प्रतियोगिता सम्पन्न गर्न सहयोग पु¥याउने दाता एवम् सहयोगी व्यक्तित्वहरुलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो । प्रतियोगिताका संयोजक अर्जुन डाँगीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन श्रेयान ओलीले गरेका थिए ।


























