अरुणोदय साकोसको १३औं साधारणसभा सम्पन्न

0
16
अर्जुनधारा । 
झापाको बिर्तामोड नगरपालिका–५ स्थित अरुणोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्था सञ्चालक समितिका अध्यक्ष ताराप्रसाद नेपालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि ज्येष्ठ शेयर सदस्य इन्द्रकला तिम्सिनाले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा संस्थाको गत आर्थिक वर्ष २०८१/२०८२को वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष नेपालले र लेखा समितिको प्रतिवेदन समितिका संयोजक बालकृष्ण दाहालले प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयरपूँजी एक करोड आठ लाख नौ हजार तीन सय रुपैयाँ, निक्षेप संकलन २५ करोड १९ लाख ७९ हजार आठ सय २४ रुपैयाँ ९२ पैसा, ऋण लगानी आठ करोड १२ लाख ५९ हजार एक सय ७९ रुपैयाँ ८२ पैसा उल्लेख गरिएको छ ।
त्यसैगरी कार्यक्रममा शेयर सदस्यका सन्तानहरुमध्ये गत वर्षको एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउन सफल छात्रतर्फ चन्द्रमणि कोइराला र मञ्जुदेवी गौतमका छोरा कुशल कोइराला(३.७४ं) तथा छात्रातर्फ शान्ता वस्ती पोख्रेल र देवराज पोख्रेलकी छोरी ओजस्वी पोख्रेल(३.६६) पुरस्कृत भएका थिए ।
त्यस्तै कक्षा–१२तर्फ उत्कृष्ट जीपीए ल्याउन सफल छात्रतर्फ रामकुमारी कट्टेल र मोहनप्रसाद कट्टेलका छोरा सोहनप्रसाद कट्टेल(३.७१) तथा छात्रातर्फ सुजता कार्की र गजेन्द्र कार्कीकी छोरी सुम्निमा कार्की(३.२२) पुरस्कृत भएका थिए ।
त्यसैगरी वर्ष उत्कृष्ट कर्मचारी लेखापाल उमा फूँयेल, असल ऋणी अर्जुनधारा–८ निवासी राजेन्द्रकुमार कार्की, उत्कृष्ट बचतकर्ता बिर्तामोड–१ निवासी पवित्राकुमारी बुढाथोकी र उत्कृष्ट बाल बचतकर्ता अर्जुनधारा–६ निवासी लियान लाबुङ लिम्बू पुरस्कृत भएका थिए ।समितिकी सदस्य सदिक्षा खड्काले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव दिपक तिम्सिनाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here