पुस्तक तथा स्टेशनरी व्यवसायीको नेतृत्व विराटनगरका माधव अधिकारीलाई

0
17

झापा, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ कोशी प्रदेशको सातौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ स्थित वाटर किंगडम पार्कमा शनिबार सम्पन्न भएको छ। अधिवेशनले महासङ्घको नयाँ प्रदेश नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ।

यसअघिका वरिष्ठ उपाध्यक्ष तथा पब्लिक बुक एण्ड स्टेसनरी विराटनगरका सञ्चालक माधव अधिकारी आगामी दुई वर्षका लागि अध्यक्ष पदमा निर्विरोध चयन भएका छन्। अध्यक्ष पदका प्रत्याशी दिवाकर भट्टराई र शिवप्रसाद चम्लागाईं ले उम्मेदवारी फिर्ता लिएपछि अधिकारी सर्वसम्मत रूपमा अध्यक्ष बनेको निर्वाचन समितिका संयोजक सञ्जीव सत्याल ले यो जानकारी दिएका छन्।

नवगठित प्रदेश कमिटीको वरिष्ठ उपाध्यक्षमा उदयपुरका घनश्याम पोखरेल, प्रथम उपाध्यक्षमा विराटनगरका गौतम शर्मा र द्वितीय उपाध्यक्षमा सुनसरीका तीर्थराज भण्डारी चयन भएका छन्।

यसैगरी सचिवमा झापाका सोम अधिकारी, सहसचिवमा सुरेन्द्र दाहाल र कोषाध्यक्षमा मोरङका दिनेशकुमार पन्त निर्विरोध चयन भएका छन्।

सदस्य पदमा ताप्लेजुङकी भोमादेवी पोखरेल, झापाकी हिमाकुमारी घिमिरे र मोरङकी तिला भट्टराई चयन भएका छन्। अन्य सदस्यमा यतिराज पोखरेल, तेजनाथ अधिकारी, सबिन चौलागाईं, प्रमोदकुमार विश्वास, युवराज निरौला, दिलबहादुर बस्नेत, नवीन रेग्मी, गौरीप्रसाद चम्लागाईं र विवेक थापा निर्विरोध चयन भएका छन्।

उद्घाटन सत्रमा महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मातृका शिवाकोटी ले पुस्तक तथा स्टेसनरी व्यवसायीहरूले राज्य र ठूला प्रकाशन गृहबाट भोग्दै आएका विभेद, असमान प्रतिस्पर्धा र आर्थिक दबाबका विषयमा गम्भीर ध्यानाकर्षण गराए। उनले काठमाडौंमा माघ १६ र १७ गते हुने केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गर्दै मझौला व्यवसायीको हक–अधिकार सुनिश्चित गर्न संघर्ष गर्ने बताए। ुकोशीले यसपटक महासङ्घको नेतृत्व गर्नेछ, उनले भने
कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सांसद राधाकृष्ण खनाल ले व्यवसायीका समस्या प्रदेश सभामा उठाएर समाधानको प्रयास गर्ने आश्वासन दिए। “व्यवसायीहरू राज्यका महत्वपूर्ण आर्थिक साझेदार हुन्, उनीहरूको आवाज दबिनु हुँदैन,” उनले भने।
अर्का विशिष्ट अतिथि विशिष्ट अतिथि शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा ले स्थानीय सरकारले व्यवसायीमैत्री नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाए। वेदान्त प्रकाशनका निर्देशक मनोज रेग्मी ले प्रकाशन गृह र व्यवसायीबीच पारदर्शी र सम्मानजनक सम्बन्ध आवश्यक रहेको बताए।

कार्यक्रममा अधिकांश वक्ताहरूले पुस्तक तथा स्टेसनरी व्यवसायीहरू शैक्षिक प्रणालीका मेरुदण्ड भएको उल्लेख गरे। गाउँ–गाउँमा विद्यार्थीलाई पुस्तक, कापी, कलम पुर्‍याउने काम व्यवसायीले नै गर्दै आएको भन्दै उनीहरूको योगदानलाई राज्यले अझै पर्याप्त रूपमा मूल्याङ्कन नगरेको गुनासो गरियो।

डिजिटल सामग्री, अनलाइन व्यापार र ठूला कम्पनीको एकाधिकारका कारण साना तथा मझौला व्यवसायीहरू संकटमा परेको उल्लेख गर्दै कर प्रणाली, भन्सार, मूल्य निर्धारण र सरकारी खरिद प्रक्रियामा व्यवसायीमैत्री नीति आवश्यक रहेको वक्ताहरूको जोड थियो। “व्यवसायी बचेन भने शिक्षा प्रणाली पनि कमजोर हुन्छ,” भन्ने सन्देश कार्यक्रममा बारम्बार दोहोरियो।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ झापा शाखा लाई कोशी प्रदेशकै उत्कृष्ट जिल्लाका रूपमा सम्मान गरिएको थियो। यसअघि केन्द्रको सातौँ वार्षिक साधारण सभामा पनि झापा शाखा सम्मानित भएको थियो।
कार्यक्रममा विराटनगरबाट प्रकाशित उद्घोष दैनिक र अन्तर्राष्ट्रिय ख्याति कमाएको रेन्को कम्पनी प्रालि का सञ्चालक अशोककुमार झुनझुनवाला लाई पनि सम्मान गरिएको थियो।

भदौ २३र२४ को जेन्जी आन्दोलनका क्रममा आगजनीमा परेको दुर्गा बुक्स एण्ड स्टेसनरी का सञ्चालक दुर्गाप्रसाद घिमिरे लाई नगद १५ हजार रुपैयाँ राहत प्रदान गरिएको थियो।

साधारण सभाको बन्दसत्रले अध्यक्ष जीवन नेपाल ले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गौतम शर्मा ले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत अनुमोदन गरेको छ।

कार्यक्रममा माधव अधिकारी ले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन दिवाकर भट्टराई ले गरेका थिए। कार्यक्रम अध्यक्ष जीवन नेपाल को सभापतित्वमा सम्पन्न भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here