प्रतिबन्धित औषधि ९९१० क्याप्सुलसहित दुई जना पक्राउ

0
58

धरान ।

इलाका प्रहरी कार्यालय धरान सुनसरीले धरान उप–महानगरपालिका–१६ बाट प्रतिबन्धित औषधि नौ हजार नौ सय १० क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी टोलीले धरान उप–महानगरपालिका–१६ स्थितमा को १८ प ४२५६ नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा चालक कोशी गाउँपालिका–१ का २३ वर्षिय रोशन झाँ र १८ वर्षिय जय प्रकाश यादवको साथबाट प्रतिबन्धित औषधि नौ हजार नौ सय १० क्याप्सुल फेला पारी नियन्त्रणमा लिएको हो ।

प्रतिबन्धित औषधिसहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here