बिर्तामोड ।

पराजुली समाज नेपाल बिर्ता–अर्जुन नगर कमिटीको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
अर्जुनधारा नगरपालिकास्थित सालबारी झिलमा भएको सभामा कमिटीका अध्यक्ष ख्याम पराजुलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
पराजुली समाज नेपालका जिल्ला अध्यक्ष गणेशप्रसाद पराजुलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ईश्वरी पराजुली, प्रकाश पराजुली, काशीनाथ पराजुली, धनकुमारी पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए । सोही अवसरमा कक्षा १२ मा उत्कृष्ट भएका कविन पराजुलीलाई नगद तथा दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा नगर कमिटी अध्यक्ष ख्याम पराजुलीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै सचिव युवराज पराजुलीले सचिवको प्रतिवेदन प्रस्तुत गरेको जनाइएको छ ।
कार्यक्रममा ८० वर्ष माथिका ज्येष्ठ मातापितालाई सम्मान गर्ने, पराजुलीहरुको मानाचामलमा सहभागी हुने, उधौली–उभौली कार्यक्रम गर्ने, वनभोज कार्यक्रम गर्ने लगायतका कार्य योजना अध्यक्षले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव युवराज पराजुलीले गरेका थिए ।

सोही अवसरमा पराजुली समाज नेपाल बिर्ता–अर्जुन नगर कमिटीको वनभोज कार्यक्रम समेत सम्पन्न भएको जनाइएको छ ।






























