इष्टर्न साहारा कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने

0
26

बिर्तामोड ।

इष्टर्न साहारा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्दै आफ्नो तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कार्यक्रममा  २७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर सार्वजनिक निष्कासन गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण कानुनी तथा प्रक्रियागत कार्य अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो।

इष्टर्न साहारा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्दै आफ्नो तेस्रो वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ। झापाको बिर्तामोडस्थित सिटी प्यालेसमा महानायक राजेश हमालले उद्घाटन गरे ।

कार्यक्रममा २७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण शेयर सार्वजनिक निष्कासन गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण कानुनी तथा प्रक्रियागत कार्य अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो।

​सभामा सञ्चालक समितिले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि विस्तृत छलफल गरी पारित गरिएको थियो। सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नुका साथै कम्पनीको प्रबन्धपत्र र नियमावलीका विभिन्न दफाहरूमा आवश्यक संशोधन र परिमार्जन गर्ने प्रस्तावलाई समेत सर्वसम्मतिले अनुमोदन गरेको छ।

​वि.सं. २०७९ मा लगानीमूलक कम्पनीको रूपमा स्थापना भएको इष्टर्न साहाराले हाल १ अर्ब ५० करोड रुपैयाँ अधिकृत पुँजी र १ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ। विशेषगरी हरित लगानीलाई प्राथमिकता दिँदै आएको यस कम्पनीले जलविद्युत, सौर्य ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि र खनिज उत्खनन जस्ता बहुआयामिक क्षेत्रमा आफ्नो लगानी विस्तार गरिरहेको छ।

​सामाजिक र वित्तीय क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूद्वारा सञ्चालित यस संस्थाले छरिएर रहेको सानो-सानो पुँजीलाई एकीकृत गरी मुलुकको आर्थिक विकास र दिगो परियोजनाहरूमा योगदान पुऱ्याउने लक्ष्य राखेको कम्पनीका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिए।आईपीओ निष्कासन गर्ने निर्णयसँगै कम्पनी अब सर्वसाधारणको समेत स्वामित्व रहने गरी सार्वजनिक कम्पनीको रूपमा थप सुदृढ बनेको उनलेे जानकारी दिए।

अध्यक्ष गिरीका अनुसार, याे कम्पनीले हाइड्रो, साेलार, कृषि, सेवा, सुचना प्रविधि, पर्यटन र पूर्वाधार जस्ता भविष्य उन्मुख र उत्पादनशील क्षेत्रमा लगानी गर्दै आएकाे छ । यी क्षेत्रमा गरिएको लगानीले आर्थिक प्रतिफलसँगै राेजगारी सिर्जना, प्रविधि हस्तान्तरण र वातावरणीय सन्तुलनमा दीर्घकालीन याेगदान गर्ने विश्वास लिएकाे उनको भनाइ छ।

बिर्तामोडमा मुख्य कार्यालय र काठमाडौंको बानेश्वर हाइटमा सम्पर्क कार्यालय रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ १०२.८१ रुपैयाँ रहेको कम्पनीका निर्देशक कृष्ण रानाभाटले जानकारी दिए । साहस उर्जा लिमिटेडका कम्पनी सचिव दिनेश रोक्काले शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन एकराज गिरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here