कोशीमा लागूऔषध गाँजा बोक्ने साधन बन्यो एम्बुलेन्स

0
13

योगेन्द्र योगी
सुन्दरहरैंचा(मोरङ),


धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट ४५९ किलो ९६५ ग्राम लागु औषध गाँजा बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका-६ भेडेटार नजिक सडक साईडमा संकास्पद अवस्थामा रहेको ना. ४ च ६४७४ नम्बरको एम्बुलेन्स चेकजाँचको क्रममा एम्वुलेन्स भित्र प्लास्टिकको पोकामा ४ सय ५९ किलो ९ सय ६५ ग्राम गाँजा बरामद भएको थियो ।

नियमित चेकजाँचका क्रममा शंकास्पद देखिएपछि एम्बुलेन्स रोकी खानतलासी गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता दिवस पोखरेलले जानकारी दिए। प्रवक्ता दिवस पोखरेलका अनुसार एम्बुलेन्सभित्र बिरामी नभई लागु औषध ओसारपसार गर्न प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

लागु औषध गाँजा ओसार पसारमा संलग्न व्यक्तिको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।
कोशी प्रदेशका झापा,मोरङ सुनसरी,धनकुटा लगायतका जिल्लाहरुमा प्रहरीले प्रत्येक दिन दर्जन भन्दा बढी लागुऔषध कारोबारीलाई पक्राउ गरिरहेको भएपनि लागुऔषध सेवन तथा ओसारपसार गर्नेको संख्यामा भने कमी आएको छैन।

बरु हरेक दिन ओसारपसार गर्नेको संख्या बढिरहेको छ। प्रदेश प्रहरीले लागुऔषध कारोबारी गर्ने माथि कडाई गरेपछि पछिल्लो समय उनीहरुले बिरामी ओसारपसारका लागि प्रयोग हुने एम्बुलेन्सलाई लागु औषध गाँजा ओसारपसारको साधन बनाइएको खुलासा भएको छ। पछिल्लो समय बिरामी बोक्ने एम्बुलेन्स,पिकअप,भारतीय गाडी तथा ट्रकलाई लागुऔषध बोक्ने साधनको रुपमा प्रयोग गर्ने क्रम बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here