सुन्दरहरैंचा (मोरङ),

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) सुनसरीले बर्जु गाउँपालिकामा पनि आफ्नो शाखा विस्तार गरेको छ।
पवन कुमार मेहताको अध्यक्षतामा नँया कार्य समिति चयन गरेको हो। सचिवमा रमण वास्की,कोषाअध्यक्षमा अनुज चौधरी रहेका छन् भने सदस्यहरुमा उमेश मेहता र विन्दु कुमार चौधरी रहेका छन्। बाँकी आबश्यकता अनुसार थपिने नेसनल प्याब्सन सुनसरीका अध्यक्ष खगेन्द्र केसीले जानकारी दिए।
अध्यक्ष केसीका अनुसार सत्य नारायण शर्मा र बलराम ठाकुरलाई सल्लाहाकार समितिमा राखिएको बताए। नवगठित समितिले नेशनल पाब्सनको नीति, उद्देश्य तथा विधानअनुसार शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालयहरूबीच सहकार्य र समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
साथै,आगामी माग ३ गते इनरुवामा आयोजना हुने बिद्यालय शिक्षामा प्रत्यक्ष देखिने परिवर्तन बारे कोशी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमा पलिका मित्रका सम्पूर्ण सदस्य विद्यालयहरुलाई
सहभागी गराउन निर्णय भएको अध्यक्ष केसीले बताए।





























