झापा ।

झापाली समाज माल्टाको चौथो अधिवेशनबाट निर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
झापाली समाज माल्टाको (२३–२५) कार्यकालको अध्यक्ष मुक्तिलाल पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित झापाली समाज माल्टाको चौथो अधिवेशनबाट निर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
समितिको अध्यक्षमा एकराज राउत चयन भएका छन् भने वरिष्ठ उपाध्यक्ष त्रिदेव प्रसाईं, उपाध्यक्ष लोरेन लेप्चा, महिला उपाध्यक्ष शिक्षा घिमिरे,युवा उपाध्यक्ष नवराज बानियाँ, दीप महासचिव ऋषिराम काफ्ले, सचिव मनोज चिमरिया, सहसचिव उद्धव खनाल, कोषाध्यक्ष जीवन पोखरेल र सह कोषाध्यक्ष सिद्धार्थ गौतम चयन भएका छन् ।
त्यस्तै युवा संयोजक डिकेश काफ्ले, महिला संयोजक मनिषा थपलिया, प्रवक्ता प्रभाक गिरी र युवा उपसंयोजक प्रताप राई चयन भएको बताइएको छ । त्यस्तै समितिको सदस्यहरुमा प्रकाश थापा ,मन्थन बस्नेत, सुवास भण्डारी, करण मेचे, अमित मेचे, अशोक मेचे, धनपति बराल, मित्रलाल श्रेष्ठ, अभिषेक पोखरेल, राजु ढकाल, कैलाश सापकोटा र योगेन्द्र मैनाली चयन भएका छन् ।
कार्यक्रममा तामाङ समाज माल्टाका अध्यक्ष सुनिलदोङ तामाङ, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम लिम्बू ,मगर समाजका महासचिव भरत पाइजा, व्यवसायी तथा समाजसेवी भुवन अर्याल, चित्राङ लिम्बू, काव्य कटवाल प्रकाश भण्डारी लगायतले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिए ।
कार्यक्रममा स्वागत महिला संयोजक शिक्षा घिमिरेले गरेकी थिइन् भने सञ्चालन २०२३–२०२५ का कार्यवहाक महासचिव ऋषिराम काफ्लेले गरेका थिए । कार्यक्रममा झापाली समाज माल्टाको संस्थापक अध्यक्ष शर्मिला बस्नेतको प्रमुख अतिथ्य रहेको थियो ।
त्यस्तै झापाली समाज माल्टाको सल्लाहकार संयोजकमा मुक्तिलाल पुरी चयन भएका छन् भने सदस्यहरुमा भक्तबहादुर भण्डारी प्रकाश, शर्मिला बस्नेत, लालकाजी श्रेष्ठ, उपेन गिरी,नवीन गिरी, श्यामकुमार बस्नेत अंश, तेजबहादुर लिम्बु स्यान्डी,कृष्ण गिरी, भुवन झा, कमल पोखरेल चयन भएको बताइएको छ ।































