मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

0
14

धुलाबारी।

मेची उद्योग बाणिज्य संघले आयोजना गरेको व्यवसायीहरुको ढक, तराजु परीक्षण, नवीकरण तथा अनुमतिपत्र वितरण कार्य सम्पन्न भएको छ ।

मेची उद्योग बाणिज्य संघको आयोजना र गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरको सहकार्यमा मेचीनगरको पाँच ठाउँमा उक्त कार्यका लागि डोर टोली खटिएको थियो । मंगलबार डोर टोलीले चारआलीका ३१ जना व्यवसायीको ढक, तराजुको नाप, तौल र जाँच गरेको थियो । त्यस्तै १६ जना व्यवसायीले सदस्यताा नविकरण गरेका थिए ।

चारआली स्थित पूर्व बस स्टेण्ड नजिकै मंगलदीप सप्लायर्स अगाडि डोर टोली खटिएको संघले जनाएको छ । यसैगरी सोमबार धाइजन मोड स्थित अधिकारी एग्रो भेट्स छेउमा डोर टोलीले गरेको उक्त कार्यमा २७ जना व्यवसायीको ढक, तराजुको नाप, तौल र जाँच गरेको थियो । त्यस्तै २१ जना व्यवसायीले सदस्यताा नविकरण गरेका थिए ।

यता पुस २५ गते धुलाबारी स्थित संघको सचिवालय परिसरमा आयोजना भएको ढक, तराजुको नाप, तौल र जाँचमा ३४ जना व्यवसायी सहभागी थिए । २३ जना व्यवसायीले सदस्यता नविकरण गरे । पुस २४ गते मेचीनगर–७, ईटाभट्टा स्थित अधिकारी किराना अगाडि डोर टोलीबाट ३२ जना व्यवसायीहरूले काँटा, ढक, तराजु, लिटर, मिटर जाँचको अनुमतिपत्र लिएका थिए भने २४ जनाले सदस्यता नविकरण गरेको संघले जनाएको छ ।

यस्तै डोर टोलीले पुस २३ गते पहिलो दिन काँकरभिट्टा स्थित होटल बोर्डरल्याण्ड परिसरमा ४२ जना व्यवसायीले ढक, तराजु जाँच गरे भने र ३३ जना व्यवसायीहरुले स्थलगत रुपमा नै नविकरण गरेका थिए । डोर टोलीमा गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरका सहायक निरीक्षक अमितकुमार कर्ण, सिनियर मिस्त्री (सीमी) द्वय हरेराम महतो र अञ्जिता रेग्मी, कार्यालय सहायक पुना घिमिरे तथा संघका कर्मचारीहरु चेतबहादुर विक, हरिमाया बराल लगायत पनि खटिएका थिए ।

डोर टोलीसँग मेची उद्योग बाणिज्य संघ अध्यक्ष खेमराज प्रसाई, उद्योग उपाध्यक्ष भूमि पौडेल, बाणिज्य उपाध्यक्ष कञ्चन बराल, महिला उपाध्यक्ष नर्मिला चौहान भण्डारी, महसचिव दिनेश शाक्य, सदस्यहरु सन्तोष खवास, मानकुमार कटुवाल, विनोद बानियाँ, तिलक (युवारज) विक, राजेश बंशल, कार्यकारी प्रमुख गोपाल वस्नेत लगायतको सक्रिय सहभागिता रहेको थियो ।

संघले गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरको सहकार्यमा वर्षेनी मेचीनगरमा व्यवसायीहरुको ढक, तराजु जाँच तथा सदस्यता नविकरणलाई निरन्तरता दिइरहेको कार्यकारी प्रमुख वस्नेतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here