कांग्रेस केन्द्रीय सदस्यमा हुकुम सिंह राईको उम्मेदवारी

0
21

झापा, 

नेपाली कांग्रेसको जारी दोश्रो बिशेष महाधिवेशनमा युवा नेता झापाको क्षेत्र नम्बर ५ बाट १४ औं महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यमा निर्वाचित हुकुम सिंह राईले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

एमालेको लालकिल्ला भनिदै आएको झापा क्षेत्र नम्बर ५ अन्तर्गतको कमल गाउँपालिकामा निर्वाचित गाउँपालिका अध्यक्ष समेत रहेका राईले आज साँझ महाधिवेशनको निर्वाचन कार्यक्रम अन्तर्गत आदिवासी जनजाती कलस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

युवा नेता राई यस अघि झापा ५ बाट सर्वाधिक मत सहित पार्टी महासमिति सदस्यका साथै कोशी प्रदेश समिति सदस्यमा निर्वाचित थिए । उनले अब पार्टी रुपान्तरण र पुस्ताहस्तान्तरणमा लम्किन ढिलो भइसकेको भन्दै विशेष महाधिवेशनले कांग्रेसलाई नवीन र रुपान्तरित बाटोमा हिडाउने प्रतिक्रिया दिएका छन् ।

कांग्रेस अब पुरानो ढाँचा र ढर्राले नचल्ने भन्दै गगन विश्वले नेतृत्व गर्ने कांग्रेसले मात्रै पार्टी र सिंगो मुलुकलाई सही मार्ग निर्देश गर्ने उल्लेख गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here