वीर अमर सिंह माविको व्यवस्थापन समितिको अध्यक्षमा जीवनकुमार

0
79

बिर्तामोड ।

झापाको बिर्तामोड–२ मा रहेको वीर अमर सिंह माद्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा जीवनकुमार खड्का निर्वाचित भएका छन् ।

औषधि ब्यवसायी संघ झापा अध्यक्ष तथा बिर्तामोड उद्योग वाणिजय संघका उपाध्यक्ष समेत रहेका खड्का विद्यालयको ब्यवस्थापन समितिको अध्यक्षमा चयन भएका हुन् ।

सर्वसम्मत रुपमा चयन गरिएको समितिको सदस्यहरुमा टीकादेवी उप्रेती, शुसिला राजवंशी, वीरबहादुर नेपाल, शर्मिला तिखत्री, पंकज बजगाईं, अम्बिका दाहाल र मातृका प्रसाद संग्रौला रहेका छन् । समितिको सदस्य सचिवको रुपमा खेमराज गौतम चयन भएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here